Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 19, 2018 डोटी - DT, समाज

सेवा प्रवाहमा राजनितिक गन्ध आउन नदिनेःसुवेदी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>प्रकाश बम, भाद्र ३, डोटी । जिल्ला प्रशासन कार्यलय डोटीबाट प्रदान गरीने सेवाप्रवाहमा राजनितिक गन्ध आउन नदिने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदिले बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय डोटीमा आज गरीएको परीचयात्म तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।</p><p>पच्चिस बर्ष देखि निजामति सेवामा काम गरेको अनुभव सुनाउदै उहाँले आफु डोटीजिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आईसकेपछि पुराना समस्या समाधान तर्फ उन्मुख हुने,सेवा प्रवाहमा अत्याधिक कानुनि लचकता अपनाएर काम गर्ने,जिल्ला स्थित कार्यरत कार्यलय तथा संस्थाहरुलाई काम प्रति जवाफ देहि र भ्रष्ट्रचार मुक्त&nbsp; बनाउन जोड दिने बताएका छन् ।</p><p>त्यस्तै संचारको संवेदन शिलतालाई बुझेर सत्य तथ्य कुरालाई वाहिर ल्याउन संचारकर्मि संग अनुरोध गरेका थिए । उक्त कार्यक्रमका सहभागिहरुले हत्या,हिंसा,चोरी,मदिरा,भष्ट्चार र सुचनाको हकमा जोड, सडकको दुरदसा, सरकारी कार्यलयका सवारी साधानको दुरुपयोग लगाएतका बारेमा गुनासो गरेका थिए । कार्यक्रममा जिल्लास्थित संचारकर्मि,राजनितिकदलका प्रतिनिधि र उद्योगवाणिज्य संघका प्रतिनिधिको</p><p>सहभागिता रहेको थियो ।</p>