2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माका नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

भदौ ४, पर्वत | कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्नुभएको छ । 

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थाल्नुभएको हो । नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताउनुभयो । उहाँले कुश्मा नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गर्नुभएको हो । जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयो । 

आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उहाँले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो । 

करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भइरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकको व्यवस्थापन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ