2026-09-14 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध

उमा केसी | भदौ ४, रोल्पा | वर्षात्का कारण पहिरो जाँदा रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै जिल्लाका बासिन्दाले आवतजावतमा सकस व्यहोर्दै आएका छन् । 

इञ्जिनियरिङ डिजाइनविना उपभोक्ता समितिले डोजर प्रयोग गरेर ती सडक खनिएकाले वर्षात्को सामान्य झरीमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको बताइएको छ । ठाउँठाउँको पहिराले आफूहरु दुई दिनसम्मको पैदलयात्रा गरी सदरमुकामबाट थवाङ पुगेको बलभद्र मावि थवाङका प्रधानाध्यापक कुलबहादुर वलीले बताउनुभयो । “समय समयमा झर्ने पहिरोका कारण त्रासपूर्ण अवस्थामा यात्रा गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

भत्केका सडक तत्काल बन्नसक्ने अवस्था देखिँदैन थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो । “सडक सफा गरेर थवाङसम्म गाडी पु¥याउन दुई महीना बढी लाग्न सक्छ”, घर्तीले भन्नुभयो । मौसममा सुधार नआउँदासम्म सडक मर्मतको सम्भावना छैन । मध्य जेठदेखि थवाङका बासिन्दा पैदलयात्रा गर्न बाध्य भएको अध्यक्ष घर्तीले बताउनुभयो । तिहारअघि यातायात सञ्चालन हुनसक्ने अवस्था नभएको बताइएको छ । 

पहिरोका कारण जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट शहीद मार्ग हुँदै उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ जाने कुनै पनि सवारी साधन चल्न नसक्दा हजारौँ यात्रु बिचल्लीमा परेका छन् । शहीदमार्ग सडक आयोजनाद्वारा सो सडक स्तरोन्नति भइरहेको छ । पहिरो झरेको स्थानमा यथाशीघ्र मर्मत गरी सवारी आवागमनलाई नियमित गर्न डोजरको प्रयोग गर्न खोजिएपनि माथिबाट पहिरो झर्नेक्रम नरोकिएकाले मर्मतमा कठिनाइ भएको आयोजनाले जनाएको छ । 

लामो समयसम्म सडक अवरुद्ध हुँदा आफूहरु पैदलयात्रा गर्न बाध्य भएको थवाङकी स्मृति रोकाले बताउनुभयो । “वर्षमा झण्डै छ महिना पैदल हिँड्नुपर्छ,” रोकाले भन्नुभयो । महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा चर्चा कमाएको थवाङमा आन्तरिक र बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । तर सडकका कारण पर्यटकसमेत प्रभावित हुँदै आएको एक स्थानीयले बताए । “यातायातको असहजताका कारण थवाङमा उत्पादित कृषि उपज सहजै बजार पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो । 

सडक अवरुद्ध हँुदा ज्येष्ठ नागरिक महिला तथा बालबालिका बढीमात्रामा प्रभावित हुँदै आएका छन् । सदरमुकामबाट थवाङ फर्कंदा बिरामी बच्चालाई काँधमा बोकेर दुई दिनसम्म कष्टपूर्ण यात्रा गरेको थवाङकी एक महिलाले बताउनुभयो । 

घना जङ्गल भएर पैदल हिँड्नुपर्ने सो सडकमा जुकाको टोकाइ तथा समय समयमा झर्ने पहिरोको जोखिममा यात्रा गर्नुपर्ने बाध्यता छ । अविरल वर्षाले जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जङ्कोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको यातायात व्यवसायी नन्दबहादुर पुनले जानकारी दिनुभयो । “सडक अवरुद्ध हुँदा गाडी थन्किरहेका छन्”, घर्तीले भन्नुभयो । 

जिल्लाका अधिकांश भित्री सडक छ महिनामात्रै नियमित गाडी चल्ने भएकाले रोल्पाका यातायात व्यवसायी मर्कामा परेको अर्का व्यवसायी खिमबहादुर केसी बताउनुहुन्छ । गाडीको किस्ता तिर्न हम्मेहम्मे परेको केसी भन्नुहुन्छ । पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारी साधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलीचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएकाले यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । जिल्लामा महङ्गो भाडा तिर्दासमेत नियमित यातायात सेवा लिन नसकेको स्थानीयवासीको गुनासो छ । सदरमुकामबाट दाङ, बुटवल, नेपालगञ्ज र काठमाडाँैसम्म मात्रै नियमित गाडी सञ्चालन हुँदै आएको छ । कालोपत्र भएका कारण ती सडकमा पहिरोको खासै समस्या नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले