२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

नयाँ दुई शहर निर्माणले गति लिएन

४ भाद्र २०७५, सोमबार १०:५२

भदौ ४, दैलेख | सरकारद्वारा घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीको निर्माण कार्यले गति लिन सकेको छैन । 

सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ शहर बनाउने घोषणासहित आयोजना निर्माण कार्यक्रम शुरु गरेको थियो । मध्यपहाडी राजमार्गसँगै पर्ने दैलेखको राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो । तर आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजङ्ग माझीले बताउनुभयो । आयोजनाका कर्मचारीको लापर्बाही र उचित ध्यान नपुग्दा योजना जिम्मा लिएका कम्पनीलेसमेत काममा ढिलाइ गरिरहेको माझीको भनाइ छ । 

अहिलेसम्म २० प्रतिशत कामसमेत हुन नसकेको र आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढङ्गले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताउनुभयो । जग्गा विवादले काम लामो समयदेखि प्रभावित छ। 

सहयोगीका भरमा कार्यालय 

आयोजना राकम कर्णालीको कार्यालय डेढ महिनादेखि प्रमुखविहीन छ। कार्यालय प्रमुख सञ्जीव शाहले आफू समीक्षा कार्यक्रमा सहभागी हुन काठमाडौँ गएको जानकारी दिनुभयो । अन्य तीन कर्मचारी बिदा बसेपछि सहयोगीको भरमा कार्यालय सञ्चालन भएको छ। लेखापाल र खरिदारसमेत काठमाडौँमै छन्। १४ जनाको दरबन्दीको कार्यालयमा करारका कर्मचारीको साउन १ गतेदेखि म्याद सकिएको थियो । 

पाँच वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा पनि काम सुस्त हुन पुगेको आयोजनाले जनाएको छ। शहरी विकासका लागि १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो। अधिग्रहणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐन विपरीत मुआब्जा निर्धारण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए। उनीहरूले नियमअनुसार मुआब्जा वितरण गर्नुपर्ने भन्दै क्षेत्रीय प्रशासन कार्यालय र गृहमन्त्रालयमा उजुरी दिएका थिए। 

सम्बन्धित निकायले उजुरीको सुनुवाइ नगरेको स्थानीय मिलन विकले बताउनुभयो। आयोजनाले जग्गा बराबरको मुआब्जा दिन नसक्दा आफूहरूले रकम लिन नमानेको विकको भनाइ छ । 

जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम रोकिएको कन्सल्टेन्सीले जनाएको छ। एसभीआरसी कन्सल्टेन्सीका सञ्चालक केशवराज पाठकले विसं २०७३ मा कामको सम्झौता गरे पनि जग्गाधनीले जग्गा दिन नमानेकाले काममा ढिलाइ भएको बताउनुभयो। “ब्लक पनि पास भएको एक वर्ष भयो, फिल्डमा आएर धेरैपटक जग्गा धनीसँग सहकार्य गर्न खोज्यौँ तर समस्या समाधान हुन सकेन ।” 

आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ । जडान गरिएको सौर्य ऊर्जा पहुँच भएकाको घर अगाडि रहेको स्थानीय बासिन्दा हरिदेवी माझीले बताउनुभयो । 

आयोजनाले समस्या समाधान गर्ने नयाँ प्रक्रिया अपनाएको जनाएको छ। राकम कर्णाली– ५ स्थित बगरखेतमा ‘ल्यान्ड पोलिङ’ को जिम्मा लिएको मैत्री कन्सल्टटेन्सीले २५ दिनअघि नै काम सकिएको जनाएको छ। आयोजनालाई सम्पूर्ण जग्गाको जिम्मा दिइएको छ । पछिल्लो समय आयोजना भित्रका सम्पूर्ण जग्गाको २४ प्रतिशत मुआब्जा कटौती गर्दै ७६ प्रतिशत जग्गा धनीलाई उपलब्ध गराउने प्रतिबद्धतासाथ काम गरिरहेको खरिदार दीपक दसौदीले जानकारी दिनुभयो । 

निगरानी गरिरहेका छौँ: उपप्रमुख 

आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराले आयोजनाको काम कारवाहीबारे आफूहरूले निगरानी गरिरहेको जानकारी दिनुभयो । सरकारले कार्यालयमा पर्याप्त कर्मचारी नपठाउँदा समस्या भएको र प्रमुखलाई नियमित कार्यालय बस्न अनुरोध गरेको उपप्रमुख बोहोराको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य