पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ५, त्रिपुराकोट, डोल्पा । </b>अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ । </p><p>तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ । मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् । रासस</p>

