२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

५ भाद्र २०७५, मंगलवार ०८:०५

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ । 

तत्कालीन माओवादी पार्टीभित्र पनि चित्रकलाकै काम गरेका ३६ वर्षीय युवक जनकले हिजोआज अक्षर लेखेर मासिक ३० हजार रुपैयाँ कमाउँछन् । उनी मुख्यतया साइनबोर्ड, ब्यानर र होर्डिङ बोर्ड लेख्ने काम गर्छन् । दोगडाकेदार गाउँपालिकामा हुने कार्यक्रमहरुका लागि तुल, ब्यानर बनाउने र विभिन्न संघ संस्थाका नारासहितका होर्डिङ बोर्ड लेख्ने उनको दिनचर्या हो । 


उनले पहिलो पटक पढाइको सिलसिलामा महेन्द्रनगरमा दाइ गणेश चन्दले यसरी चित्र र अक्षर कोरेको देखेका थिए । प्रदेश ७ (सुदूरपश्चिम) मा ख्याति कमाएको गणेश आर्ट कञ्चनपुरको महेनद्रनगर बजारमा अवस्थित छ । गणेश आर्ट विस २०५१ सालमा र २०५४ सालमा गरी दुई पटक आर्टिस्ट प्रतियोगितामा प्रथम भएको थियो । शुरुमा महेन्द्रनगरमै चित्रकला सिकेका जनकले दाइकै पदचिन्हलाई पछ्याएका हुन् । अहिले त्यही गणेश आर्टको शाखा खोचलेकमा सञ्चालन गरेर उनी यही कलाकारितामा समर्पित रहिआएका छन् । 

पार्टीका विभिन्न मोर्चा र कार्यक्रममा खटिँदा त्यतिबेला बैतडीका माओवादी नेता भुवनचन्द्र विश्वकर्मा (शान) ले पार्टीका लागि व्यानर र झण्डा लेखेको उनले कैयौं पटक देखेका थिए । भुवनको यो सीपबाट प्रभावित भएर जनकले लेख्न शुरु गरेका रहेछन् । 

आफ्नो कलामा निखार आएपछि पार्टीले जनकलाई यही कामको जिम्मा दियो । उनीसँग द्वन्द्वकालमा लाखौं ब्यानर र झण्डा लेखेको स्मरण छ । पार्टी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालको संविधानसभाको निर्वाचन अघिको एक महिनाको अवधिमा मात्रै उनले पार्टीका ११ हजार झण्डा, १ हजार ब्यानर र ५८ होडिङ बोर्ड लेखेको उनी सगर्व सुनाउँछन् । देश र दुनियाँ बदल्न भूमिगत भएर हिँड्दाका दिन पार्टीका लागि गरेको कामलाई श्रमदान सम्झने उनी भन्छन् – एक रुपैयाँ नलिई काम गरें । जति गरें पार्टीकै लागि गरें ।” 

पार्टीले सहयोग नगरेकामा उनको कुनै गुनासो छैन । आफ्नो सानै योगदानबाट भएपनि देशमा संघीयता आएकामा उनी खुशी छन् । 

उनी भन्छन् – पार्टीले म जस्ता सीप र क्षमता भएका अन्य साथीहरुलाई रोजगार दिनुपर्छ । शान्ति प्रक्रियामा आइसकेपछि पार्टीले कार्यकर्ता व्यवस्थापनका नाममा विभिन्न योजनाको अध्यक्ष बनेर गुजारा गर्न सिकाए पनि आफूले पार्टीसँग कुनै योजना नमागेको र अहिलेसम्म कुनै पनि समितिको अध्यक्ष नबनेको उनी बताउँछन् । “गाउँदेखि केन्द्रसम्मका कुनै पनि योजना तथा निर्माण समितिमा बसेको छैन,” उनले भने – “आफ्नो सीप र पौरखले खाने हो ।” 

विसं २०७४ फागुनदेखि आर्ट व्यवसाय थालेका जनक मागेर हैन गरेर खानुपर्छ भन्ने मान्यता राख्छन् । उनी यही पेशालाई निरन्तरता दिन चाहन्छन् । 

उनले पार्टीमा रहँदा योङ्ग कम्युनिष्ट लिगको जिम्मा पनि लिए । आर्ट विभागको जिम्मा त थियो नै । 

विसं २०६५ मा बैतडीको इलाका नं १० को इलाका सचिव हुदै जिल्ला कमिटी सदस्य बने उनी । यसका साथै उनी एकता पूर्व सम्पन्न केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत बने । 

दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा व्यावसायिक रुपमा साइन बोर्ड लेख्न शुरु गरेपछि आफूलाई गाउँपालिकाले सहयोग गरेको जनक बताउँछन् । उनले भने – “मेरो कला देखेर गाउँपालिकाले मलाई सहयोग गरेको हो । गाउँपालिकाभित्रका सबै वडा कार्यालय र योजनाहरुको साइनबोर्ड लेख्ने काम दिएर ठूलो सहयोग गर्यो ।” 

मध्यम वर्गको घरपरिवारमा हुर्केका जनकले श्रीमतीसहित दुई सन्तानको लालनपालन राम्रैसँग गर्दैआएका छन् । एक लाख ५० हजार रुपैयाँ ऋण गरेर यो पेशा शुरु गरेका जनकला कच्चा पदार्थको अभावले बेलाबेलामा सताउने गर्छ । उनका अनुसार कच्चा पदार्थका लागि भारतीय बजार धाउनुपर्छ । 

गाउँपालिकामै साइनबोर्ड लेखाउने सुविधा भएपछि जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता नभएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य