2026-09-04 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि कतारमा हुनुहुन्छ ? यस्ता गल्ति नगर्नुस्, जागिर जान सक्छ !

भदौ ५, दोहा | कतार नेपाली श्रमिकका लागि मुख्य रोजाईका गन्तव्य मुलुक मध्ये एक हो । सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता नजिकिंदै जाँदा भइरहेको तिव्र विकासका कारण त्यहाँ धेरै कामदारको आवश्यकता छ । मेहनती र ईमान्दारको छवि बनाएका नेपाली कतारमा रोजाईमा पर्ने श्रमिक हुन् । 

रोजगारीका सन्दर्भमा कतार जानेहरुले केहि कुरा जान्नै आवश्यक छ । हाम्रा पाठकलाई उपयोगि हुन् ठानेर कतार राज्यको श्रम कानूनबाट केहि अंशहरु हामीले प्रकाशन गर्दै छौं । 

धारा ६१ 

देहायको अवस्थामा रोजगारदाताले बिना सूचना र अवकाशपछिको उपदानबिनै कामदारलाई बर्खास्त गर्न सक्छ: 

१. कामदारले आफ्नो परिचय वा राष्ट्रियता ढाँटेको छ वा नक्कली प्रमाणपत्रहरू पेस गरेमा, 

२. कामदारले रोजगारदातालाई आर्थिक क्षति हुने काम गरेको छ भने रोजगारदाताले क्षतिबारे जानकारी पाएको २४ घन्टाभित्र विभागलाई उक्त बेहारा जानकारी गराएर कामदारलाई बर्खास्त गर्न सक्छ, 

३. कामदारले कामदार र संस्थाको सुरक्षा सम्बन्धी रोजगारदाताको लिखित निर्देशन एक पटकभन्दा बढी उल्लंघन गर्यो भने र त्यस्ता लिखित निर्देशन जानकारीमा हुँदा हुँदै गल्ती दोहोर्यायो भने त्यस्तो सूचना लिखित रूपमा विशेष ठाउँमा राख्नेछ, 

४. कामदारले लिखित जानकारी हुँदाहुँदै पनि सेवा करारमा उल्लेखित वा यो ऐन अनुसारको आफ्नो कर्तव्य एकभन्दा बढी पटक पालना गर्न नसकेमा, 

५. कामदारले आफू कार्यरत संस्थाको गोपनीयता सार्वजनिक गरेमा, 

६. कार्यसमयमै कामदारले मदिरा वा लागू औषधि सेवन गरेको भेटिएमा, 

७. कामदारले कार्यसमयमै रोजगारताको मान्छे, प्रबन्धक वा आफ्नो सुपरभाइजरमाथि आक्रमण गरेमा, 

८. चेतावनीका बाबजुद सहकर्मीमाथि दोहोर्योएर आक्रमण गरेमा, 

९. कुनै कामदार मुनासिव कारणबिनै ७ दिन वा वर्षमा १५ दिनभन्दा बढी काममा अनुपस्थित भएमा, 

१०. अनैतिक र बेइमानी सम्बन्धी अपराधमा कामदारलाई जेल सजाय भएको खण्डमा ।  

धारा ६२ 

कुनै पनि उल्लंघनमा कामदारलाई आरोप लगाउँदा देहायका कुराहरू हेरिनेछ: 

१. फौजदारी अपराधमा बाहेक रोजगारदाताले कामदारले नियम उल्लंघन गरेको जानकारी पाएको १५ दिनपछि ऊमाथि आरोप लगाउन पाइने छैन । 

२. कामदारलाई कामसँग प्रत्यक्ष सम्बन्धित बाहेक अन्य उल्लंघन गरेको कामको समयमा कार्यस्थल वा बाहिर जहाँ गरे पनि आरोप लगाइने छैन । 

३. कामदारलाई ऊमाथि लागेको आरोप जानकारी नगराई र लिखितरूपमा सोधपुछ नगरी दण्डित गरिने छैन । सानातिना उल्लंघनमा सोधपुछ मौखिक पनि हुन सक्छ र सोधपुछको रिपोर्टहरू कामदारको खास रजिस्टरमा फाइल गरेर राख्नुपर्छ । 

यो अनुच्छेदमा सानातिना भनिएको उल्लंघन कामदारलाई सचेत गराउनुपर्ने र दण्ड स्वरूप एक दिनको पारिश्रमिक कटौती गर्ने खालका घटना हुन् । 

४. एउटा उल्लंघनबापत कामदारलाई एकभन्दा बढी दण्ड दिइने छैन । 

५. रोजगारदाताले कामदारमाथि गर्ने अनुशासनात्मक दण्ड रोजगारदाता स्वयं, उसको अख्तियारप्राप्त प्रतिनिधि वा संस्थाको प्रबन्धकबाहेक अरूले गर्न पाउने छैन । 

६. दण्ड नियमावलीमा उल्लेख भएभन्दा बढी दण्ड गर्न पाइने छैन । 

(कतार राज्यको श्रम ऐनबाट साभार ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ