२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुनकुडामा बसको ब्रेकफेल, छबिसपाथिभेरामा JCB पल्टियो, एकजना मृत भेटिए

७ भाद्र २०७५, बिहीबार ०३:०४

टेकेन्द्र बोहरा | भदौ ७, बझाङ | बझाङको सुनकुडामा मालिका यातायातको बस ब्रेक फेल हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ९ का ३२ वर्षिय शिद्धराज जोशी रहेका छन् ।

उनको दायाँ हातमा चोट लागेको र घाईते जोशीको सुनकुडाको बोहोरा मेडिकलमा उपचार भरहेको पत्रकार शुरेश कुँवरले जानकारी दिए ।

बिहान करिब ७:३० बजे चैनपुरबाट धनगढीका लागि छुटेको मालिका यातायातको ना ७ ख ८५३ नम्बरको यात्रुबाहक बस बझाङ्गको चीरबिथ्थड गाउँपालिका अन्तर्गत सुनकुडा बजारकोबी घुम्तीमा उकालो चड्दै गर्दा ब्रेक फेल भएको हो । 

बसमा सवार अन्य २५ जना भने सकुशल रहेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका जे.सि.बी. पल्टियो

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा मंगलबार बेलुकी ब्यासी सड्क खन्ने क्रममा जे.सि.बी. पल्टिएको छ । 

जयपृथ्वी राजमार्गको भाँडे बजारदेखि ब्यासी सड्क खन्ने क्रममा से १ क ७५८ नम्बरको जे.सि.बी. सडकबाट ५०० मिटर तल खसेको थियो ।

जे.सि.बी. पल्टिदा कैलाली पहलमानपुरका हरिहरप्रसाद आचार्य सामान्य घाइते भएको र उनलाई उपचारको लागि धनगढी ल्याइएको इनिस्पेक्टर नैनसिंह साउँदले  जानकारी दिएका छन 

एक जना मृत अवस्थामा फेला 

बझाङको सुर्मा गाँउपालीका वडा नँ २ डोगडी बस्ने सिद्ध वोहराका छोरा अन्ताजी तेत्तिस/चौतिस वर्षका बिरेन्द्र बोहरा सुर्मा गाँउपालीका वडा नँ २ किमचौर भन्ने ठाँउको वाउली खोलाको किनारामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटना के कती कारणले भएको हो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै