Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनकुडामा बसको ब्रेकफेल, छबिसपाथिभेरामा JCB पल्टियो, एकजना मृत भेटिए

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | भदौ ७, बझाङ | बझाङको सुनकुडामा मालिका यातायातको बस ब्रेक फेल हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ९ का ३२ वर्षिय शिद्धराज जोशी रहेका छन् ।

उनको दायाँ हातमा चोट लागेको र घाईते जोशीको सुनकुडाको बोहोरा मेडिकलमा उपचार भरहेको पत्रकार शुरेश कुँवरले जानकारी दिए ।

बिहान करिब ७:३० बजे चैनपुरबाट धनगढीका लागि छुटेको मालिका यातायातको ना ७ ख ८५३ नम्बरको यात्रुबाहक बस बझाङ्गको चीरबिथ्थड गाउँपालिका अन्तर्गत सुनकुडा बजारकोबी घुम्तीमा उकालो चड्दै गर्दा ब्रेक फेल भएको हो ।

बसमा सवार अन्य २५ जना भने सकुशल रहेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका जे.सि.बी. पल्टियो

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा मंगलबार बेलुकी ब्यासी सड्क खन्ने क्रममा जे.सि.बी. पल्टिएको छ ।

जयपृथ्वी राजमार्गको भाँडे बजारदेखि ब्यासी सड्क खन्ने क्रममा से १ क ७५८ नम्बरको जे.सि.बी. सडकबाट ५०० मिटर तल खसेको थियो ।

जे.सि.बी. पल्टिदा कैलाली पहलमानपुरका हरिहरप्रसाद आचार्य सामान्य घाइते भएको र उनलाई उपचारको लागि धनगढी ल्याइएको इनिस्पेक्टर नैनसिंह साउँदले  जानकारी दिएका छन

एक जना मृत अवस्थामा फेला

बझाङको सुर्मा गाँउपालीका वडा नँ २ डोगडी बस्ने सिद्ध वोहराका छोरा अन्ताजी तेत्तिस/चौतिस वर्षका बिरेन्द्र बोहरा सुर्मा गाँउपालीका वडा नँ २ किमचौर भन्ने ठाँउको वाउली खोलाको किनारामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटना के कती कारणले भएको हो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।