Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङको सदरमुकाममा चोरीका घटनाहरु बढ्दै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा। भाद्र ७ बझाङ। बझाङको सदरमुकाम चैनपुरमा गएराति एघार वजेतिर डम्बर बहादुर चन्दको मोबाइल पसल चोरी भएको छ।

चन्दको मोबाइल ग्यालरीबाट एउटा ल्यापटप, ४ वटा टर्च मोवाईल, ६ किवोर्ड मोबाइल, घडी, रेडियो,  मेमरी कार्ड, नगत १५ हजारसहित  एक लाख पचास हजार वरावरको माल सामन चोरी भएको हो ।

प्रहरीको लापरवाहीको कारण सदरमुकाम चैनपुरमा हरेक दिन चोरी,डकैती,बलत्कारका घट्नाहरु दिनानुदिन बड्दै गयको स्थानिय बासिहरुले आरोप लगाएका छन ।

जनताका सुरक्षाका लागी खटिएका प्रहरीले डिउटीको समयमा फेसवुक, इमो चलाएर वस्ने गरेका कारण दिनानुदिन चोरीका घटनाहरु बढ्दै गइरहेको स्थानिय वासिहरुले आरोप लगाएका छन ।

सदरमुकाम चैनपुरमा दिनानु दिन चोरीका घटना बढ्दै गएको प्रति प्रहरी प्रशासन, जनप्रतिनिधीहरुले कुनै चासो नराखेको स्थानीय हेमराज खैरले बताए ।

केही दिन अघिमात्रै सदरमुकाम चैनपुरमै जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिका १० का १५ वर्षीय कुबेर रसाइलीलाई प्रहरीले प्रक्राउ गरेको  थियो ।

सदरमुकाम चैनपुरमा केही दिन अगाडी घरको अगाडी राखेको मोटरसाईकल चोरी गर्नेलाई अझैसम्म पनी प्रहरीले पक्राउ गर्न सकिएको छैन।