२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा सिँचाइका लागि पोखरी निर्माण

७ भाद्र २०७५, बिहीबार ०९:३८

भदौ ७, बर्दिया | जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ । 

अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । यहाँ सिञ्चीत क्षेत्रफल ४२ हजार ५८ हेक्टर रहेको छ । यहाँ वर्षभरि सिँचाइ गर्न सकिन्छ । यस वर्ष कार्यालयले खेतीयोग्य जमीनमा रु ११ करोड ५० लाख लगानी गरेको छ । मसिना धान उत्पादन प्रवद्र्धन कार्यक्रम जिल्लाको ६ पकेट क्षेत्रमा सञ्चालन गरिएको रावतले बताउनुभयो । 

केराखेती, माछापालन र तरकारी खेती पकेट बनाइ गरिँदै आएको छ । पाँच हेक्टरमा तरकारी खेती गरिएको छ । जिल्लामा आव २०७४÷७५ देखि युवा लक्षित व्यावसायिक तरकारीखेती कार्यक्रम सञ्चालनमा छ । जिल्लामा ६० हजार १०० हेक्टरमा धान रोपाइँ गरिन्छ । जिल्लामा परम्परागत कृषि प्रमाणीमा सुधार गर्दै व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । 

पछिल्लो समय कृषिमा अनुदानसमेत बढेको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत ठूलो मात्रामा कृषकलाई अनुदान दिन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा विभिन्न कृषि मेला आयोजना गर्दैआएको छ । कर्णाली र बबई नदीको पानीबाट खेत सञ्चित गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट