Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशैभर अदालतमा पुरुषहरुको भिडः एकै दिन एउटै अदालतमा पाँच मुद्धा

By kit 15 मिनेट पढाइ

प्रेम सुनार । भदौ ७, बुटवल ।  श्रीमति न घर आउने,  न  त सम्वन्ध विच्छेदको मुद्धा दिन अदालत जाने । प्रहरीमा उजुरी दियो कि मेलमिलाप गरेर घर जाने तर एक डेढ महिना नपुग्दै बिना घर सल्लाह  शहर तिर गएर हराउने ।

यस्तो समस्याबाट गत चार वर्षदेखि  पिडित बनेका गुल्मी बडागाउँका २८ वर्षिय अर्जुन सर्तुङ्ग विहिवार जिल्ला अदालत गुल्मीमा सम्वन्ध विच्छेदको मुद्धा दायर गर्न आई पुगेका छन । उनि सहित एउटै अदालत गुल्मीमा एकै दिन पाँच जना पत्नी पिडित पुरुष सम्वन्ध विच्छेदको मुद्धा  दर्ता गराउन आएका छन ।

श्रेस्दार दुर्गाप्रसाद पौड्यालका अनुसार यो समाचार लेख्ने बेला सम्म तिन जना पुरुषको मुदा दर्ता भई सकेको छ । अधिवक्ताहरुका अनुसार अन्य दुई जनाले मुद्धा  लेखाउँदै छन । गुल्मीमा  संम्वन्ध विच्छेदको मुद्धा दर्ता गराउने पहिलो पुरुष बनेका छन  ईस्मा गाउँपालिका वडा नम्वर–५ ईस्मारजस्थलका  लक्ष्मण ज्ञवाली  ।

उनको पिडा यस्तो छ

२०६१ सालमा हाम्रो विवाह भएको हो । अहिले १४ वर्षकी छोरी र ९ वर्षको छोरा छ । २०६६ सालमा हामी बुटवल झरियो । कस्तुरी फिजी घरमा मैले काम गर्न थाले । पछि गाउँको मोटरबाटोमा रहेको घडेरी बेचेर श्रीमतिका नाममा बुटवलमा १३ लाखमा घडेरी किने ।

विस्तारै श्रीमतिको ब्यवहारमा परिवर्तन आउँदै थियो । १० लाख लागतको एउटा फेन्सी पसल पनि श्रीमति कै नाममा  खोल्यौं ।  उक्त घडेरी मलाई थाहै नदिई बेची सकेकी रहिछन । एक बर्ष अघि  यसै अदालतमा आएर उल्टै अंश दावी गर्दै मुद्धा हाली छन ।

केहि दिन अघि त्यो फेन्सी पसल पनि बेचेर बसेकी छन । मुद्धा हालेर गए देखि मलाई त्यस फेन्सी फसलमा छिर्न पनि दिईनन । गत चार वर्ष देखि हामी अलग अलग बुटवलमा बस्दै आएका छौं । सम्पत्ति कति उडाईन भन्ने त लेखाजोखा नै छैन ।

श्रीमतिको  कुरा गरेरै साध्य छैन

म प्रहरीमा जागिर खाएको मान्छे हुँ । मेरो नाम विवरण गोप्य राखी दिनु होला । उनका पनि  दुई वटा सन्तान छन ।  उनले श्रीमतिको चरित्र माथी दोसारोपण गरिरहेको मुद्धामा उल्लेख गरिएका थिए । के के गरिन श्रीमतिले भनेर भनुँ तपाईलाई यति मात्र भन्छु उनको कुरा गरेरै साध्य छैन,  नत्र किन धाउनु पथ्यो र अदालतमा ।

श्रीमान विदेशियोकी शहरतिर टाप

हालको मुसिकोट नगरपालिका–४ बडागाउँबाट सम्वन्ध विच्छेदको मुद्धा दिन आएका सर्तुङ्गे भन्छन म विदेश हिड्की कहिले श्रीमति वुटवल त कहिले काठमाण्डौ गर्न थाल्नु नै सम्वन्ध विच्छेद गर्नुको मेरो बाध्यता हो ।

उनले भने २०६९ सालमा छिमेकी गाउँ ताल्तुङ्गमा मैले उनलाइई प्रेम विवाह गरेका हुँ ।  विवाहको करिव डेढ वर्ष सम्म घरै बसे । त्यस पछि म मलेशिया गएँ ।  म हिडे पछि कहिले कहिले बुटवल  त कहिले काठमाण्डौ श्रीमति हिड्छे भन्ने घरबाट खवर आउने गर्दथ्यो । तर पनि मेरी श्रीमति प्रति म बिश्वस्त थिएँ ।

त्यस पछि घर आएँ । श्रीमति बुटवलतिर गएर बसेकी रहिछन । नआए पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी हाँले । मेलमिलाप गरेर घर लगे । म फेरी विदेश हिडे । डेड महिना पछि फेरी उनि  वुटवल तिरै हिडिछन ।  फेरी पनि प्रहरीमा उजुरी दिएँ । अहिले तेश्रो पटक यस्तो कानुन आए पछि अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिन आएको हुँ ।

१३ लाखमा जम्मा एक लाख फिर्ता पाएँ

आजै त्यस अदालतमा  मेलमिलापमा श्रीमतिबाट सम्वन्ध विच्छेद गरेका  रेसुङ्गा नगरपालिका–६ का फर्शबहादुर पुन मगर पनि बैदेशिक रोजगार मै थिए । बाबुको किरया क्रम गर्न बैशाखमा घर आएको उनि त्यसको एक महिना पछि जेठमा घरबाट श्रीमति बेबत्ता भईन ।

हुर्के बढेका चार छोरा छोरी र  नातीकी हजुर आमा समेत रहेकी उनि कतै जालिन भनेर त कल्पना नै गर्न सकेको थिएन उनले भने अहिले पो थाह भयो उनि ईस्मा गाउँपालिका ३, दर्लामचौरमा सौता माथी अर्को विवाह गरेर गएकी रहिछन ।

१२ वर्ष सम्म बैदेशिक रोजगारबाट कमाएको करिव १३ लाख हिनामिना उनले गरे पनि आज जम्मा एक लाख उनिबाट पाउने र दुई तोला सुन फिर्ता गरेर सम्वन्ध विच्छेद गरिदैछ ।

श्रीमति यहि अदालत नजिकै हुनुहुन्छ

आजै त्यस अदालत परिसरमा सम्वन्ध विच्छेदको मुद्धा लेखाउँदै गरेका रेसुङ्गा नगरपालिका–४ का ३५ वािषर््ाय राजेन्द्र क्षेत्री पनि श्रीमति संग सम्वन्ध विच्छेद गर्नु बाध्यता भएका सुनाउँछन । उनि भन्छन–‘५ बर्षको छोरा छाडेर हिडेको श्रीमति धेरै भयो ।

बेला बेलामा केटाहरुको फोन आउँछ । सुन्छु यसै अदालत नजिकै पर्ने बसपार्कमा छन । कसै संग दोश्रो विवाह गरेर गईन भन्न त सक्दिँन विना प्रमाण , वसपार्कको पाउरोटीवालाकहाँ छन भन्ने सुनेको छु । देखेको छैन । ’

यसरी एउटै जिल्ला गुल्मीमा एकै दिनमा पाँच जनाले सम्वन्ध विच्छेदको मुद्धा दिने पुरुषहरुको जे पिडा सुनियो देशैभरका अन्य पुरुषहरुको पिडा पनि त्यस्तै पाईएको छ ।

देशैभरका पुरुष यसरी पिडा पोख्छन

हामीले  बाग्लुङ्गबाट सुरु  पहिलो पटक पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दायरको समाचार सम्प्रेषण गरी सके पछि अदालतका श्रेस्तेदार, कानुन ब्यवसायी र पत्रकारहरुलाई  देशैभरबाट फोन उठाई साध्य छैन ।

अधिकांस पुरुषले कुन अवस्थामा दिन पाईन्छ । के के प्रमाण हुन पर्छ भन्दै चासो लिई रहेका छन । आफ्नो  पिडाहरु सुनाउँदै मुलुकी देवानी लागु भएको भदौ–१ लाई पुरुष मुक्त दिवसका रुपमा लिई रहेका छन ।

मकवानपुरबाट गंगाप्रसाद सापकोटा भन्छन–‘ मेरो दुई छोरीहरु छन । एउटीको उमेर ४र अर्की छ वर्षकी छ । श्रीमति सम्पर्क विहिन भएको  डेढ बर्ष भयो । म दुवईको बैदेशिक रोजगारीमा थिएँ ।  मैले श्रीमतिलाई पनि दुवई बोलाएँ ।

दुई महिना पछि झगडा गरेर तँ संग म बस्दै बस्दीँन भनि । मे घर फर्के ।  करिव तिन महिना पछि उनी दुवईबाट फोन गरेर मैले गल्ती गरें भनेर भनिन । त्यो उनको भिसा बढाउने प्रत्यन थियो ।

मैले बुझे पछि उनि नेपाल आईन र मकवानपुर जिल्ला अदालतमा मुद्धा हालिन । मुद्धा हालेको त्यस्तै डेढ वर्ष भए होला उनि अदालत कै सम्पर्कमा समेत नभए पछि अल्लन मल्ल परेर बसेको छु । छोरीहरुलाई समेत जंगलमा लगेर कुटेर हिडेको सुन्छु । अव मैले के गनु पर्ला ।

सामाजिक सञ्चालमा समाचार तल राहुल क्षेत्री लेख्छन लेख्छन –‘ अब केहि राहत मिल्छ कि ?  रामजी पौड्लय लेख्छन पिडित पुरुषका लागि मौका ।  अनमोल लिम्वुः म पनि गर्ने तयारीमा छु । मेरी श्रीमति म र मेरो परिवारको मञ्जुरी विना वा विना जानकारी एक्लै बसेको तिन वर्ष भयो । उसको माईतीमा ।

पासाङ्ग तेञ्जिङ्ग शेर्पाः अर्को संग लाग्यो कि नाई ? अमर गिरीः राम्रो कुरा हो । हक अधिकार बराबर हुनु प¥यो नि । टुक्रियको मुटुः म पनि पत्नी पिडित हुँ ।  म हाल सउँदी अरवमा छु । नेपाल फर्किए पछि  सम्वन्ध विच्छेद गर्छु । मेरो श्रीमति पनि माईतमा बसेको ३ वर्ष भयो । मेरो एउटा छोरी छ । मलाई पनि छोरीको माया लाग्छ । अनि घर जा भन्दा मान्दिँन । उल्टै मलाई गाली गर्ने, मेरो बाबु आमाको नाम जोडेर अश्लिल शब्दहरु प्रयोग गर्ने धम्की दिने गर्छिन ।

शिवराम  सापकोटाः ढुक्क हुन है भन्दै समाचारदाताको सम्पर्क नम्वर माग्छन । हरिबहादुर ओलीः त्यस्ता महिलालाई गाली गर्छन । लक्ष्मण मल्ल र हरि बरालले संहितालाई धेरै राम्रो भन्छन । किशोर कार्कीः लुकाएर धेरै दिन सत्य लुक्दैन । म पनि पत्नी पिडित नै हो ।

भएको सम्पत्ति बुढी कै नाममा जोडियो ।  तर  लास्टमा घर न घाटको भईएको छ । दुई छोरीहरु मध्ये एउटा छोरी तोरो होईन भनिसकेकी छ । कोही नभई त्यो पक्कै बोलेकी  छैन डिभोर्स त मैले नि लिनु छ ।  बाँकी जिग्दगी आफ्नो लागि ज्युँनु छ ।

खिम भण्डारीः मुखले भन्दा यस विषयमा सरकारले ताली नै पायो । खिम गुरुङ्गः नारी पुरुष बराबरी , समानताको हक बल्ल जस्तो लाग्यो । राजदर्लामी उनको समर्थन जनाउँदै लेख्छन सहि कुरो ।  अन्य सामाजिक सञ्जालमा पनि मुलुकी देवानीको  ।

अन्तरगत पुरुषले पनि सम्वन्ध विच्छेद गर्न पाउने महललाई सर्वत्र स्वागत गर्दै कार्यन्वयनमा ल्याएकोमा अहिलेको सरकारलाई प्रशंसा गरिएको छ । माथी उल्लेखि पुरुषहरुले महिलालाई जे जस्ता आरोप लगाए पनि त्यो आरोप अदालतले पुष्टी गर्ने कुरा हो ।  ति आरोपी सम्वन्धितका श्रीमतिहरु त्यसको ठिक विपरित कारणबाट पिडित हुन पनि सक्छन ।