२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारलाई ऐच्छिक बनाइने

८ भाद्र २०७५, शुक्रबार १४:३४

भदौ ८, काठमाडौँ (रासस) | खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हरेक नेपाली युवा गाँस र बाँसका लागि विदेशिन नपरोस्, यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ, जुन एकदमै चुनौतीपूर्ण काम हो ।” 

मन्त्री मगरले वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै नेपाली कामदारको हितको पक्षमा सरकार बलियो ढङ्गले उभिएको छ भन्नुभयो । 

“कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “परिवारले आफूले नै कोमाका बिरामीलाई ल्याउन र व्यवस्था गर्न सकेको छैन, अब कोमाको बिरामीको जिम्मेवारी सरकारले लिन्छ ।” 

नेपाली काँग्रेसका नेता एवं पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीका लागि बाध्यात्मक भएको उल्लेख गर्दै मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिति नभएको र विदेश नै नजाउ भन्ने अवस्थामा सरकार नरहेको बताउनुभयो । 

युवालाई रोजगारी दिएर देशको विकास गरी मूल प्रवाहमा ल्याउने सम्भावना तत्कालै नभएकाले वैदेशिक रोजगारीमा आउनु परेको नेता लेखकको भनाइ छ । 

सङ्घका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको लागि ‘पेन्सन फन्ड’ तयार गर्ने अवधारणा ल्याएको जानकारी दिनुभयो । 

संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशको आर्थिक समृद्धि भएमात्रै नागरिकको पनि समृद्धि हुने धारणा व्यक्त गर्नुभयो । 

युएईका लागि नेपालका कार्यबाहक राजदूत सागर फुयाँलले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

आजदेखि शुरु भएको सो सम्मेलनमा कतार, साउदी अरब, बहराइन, ओमन, कुवेतलगायत मध्यपूर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । 

सम्मेलनमा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशीलतालगायत विषयमा छलफल हुनेछ । सङ्घका युएई अध्यक्ष रमेश श्रेष्ठले मध्यपूर्व क्षेत्रमा कार्यरत झण्डै २० लाख नेपालीको मुद्दा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने बताउनुभयो । 

सम्मेलन युएई घोषणापत्र जारी गर्दै शनिबार सकिने सङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान