२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारलाई ऐच्छिक बनाइने

२०७५, ८ भाद्र शुक्रबार १४:३४

भदौ ८, काठमाडौँ (रासस) | खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हरेक नेपाली युवा गाँस र बाँसका लागि विदेशिन नपरोस्, यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ, जुन एकदमै चुनौतीपूर्ण काम हो ।” 

मन्त्री मगरले वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै नेपाली कामदारको हितको पक्षमा सरकार बलियो ढङ्गले उभिएको छ भन्नुभयो । 

“कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “परिवारले आफूले नै कोमाका बिरामीलाई ल्याउन र व्यवस्था गर्न सकेको छैन, अब कोमाको बिरामीको जिम्मेवारी सरकारले लिन्छ ।” 

नेपाली काँग्रेसका नेता एवं पूर्वश्रममन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीका लागि बाध्यात्मक भएको उल्लेख गर्दै मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिति नभएको र विदेश नै नजाउ भन्ने अवस्थामा सरकार नरहेको बताउनुभयो । 

युवालाई रोजगारी दिएर देशको विकास गरी मूल प्रवाहमा ल्याउने सम्भावना तत्कालै नभएकाले वैदेशिक रोजगारीमा आउनु परेको नेता लेखकको भनाइ छ । 

सङ्घका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको लागि ‘पेन्सन फन्ड’ तयार गर्ने अवधारणा ल्याएको जानकारी दिनुभयो । 

संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशको आर्थिक समृद्धि भएमात्रै नागरिकको पनि समृद्धि हुने धारणा व्यक्त गर्नुभयो । 

युएईका लागि नेपालका कार्यबाहक राजदूत सागर फुयाँलले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

आजदेखि शुरु भएको सो सम्मेलनमा कतार, साउदी अरब, बहराइन, ओमन, कुवेतलगायत मध्यपूर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । 

सम्मेलनमा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशीलतालगायत विषयमा छलफल हुनेछ । सङ्घका युएई अध्यक्ष रमेश श्रेष्ठले मध्यपूर्व क्षेत्रमा कार्यरत झण्डै २० लाख नेपालीको मुद्दा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने बताउनुभयो । 

सम्मेलन युएई घोषणापत्र जारी गर्दै शनिबार सकिने सङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता