2026-09-08 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बेनीमा पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण शुरु

भदौ ९, म्याग्दी | सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ । 

बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ । 

रु ५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने, दायाँबायाँ दुवैतर्फ रेलिङ राखिने र आगामी छ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताउनुभयो । 

नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा निर्माण हुनलागेको सो पदमार्ग जन्मथलोको पर्यटन विकासका लागि विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरिएको मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताउनुभयो । 

माथिको तश्विरमा: मोना बेनी लभ्लीहिल पदमार्ग निर्माण कार्यको शिलन्यास हुँदै । तश्विर: सन्तोष गौतमको फेसबुकबाट 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नमूना योजनाको रूपमा प्रवासी र निजी क्षेत्रसँग त्रिपक्षीय साझेदारी गरेर पदमार्ग निर्माण गर्न लागिएको र यसबाट पर्यटन विकासमा सहयोग मिल्ने बताउनुभयो । 

बेनीको दक्षिणी मोहोडाको शीरमा रहेको उकालोमा २० मिनेट हिँडेपछि पुगिने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालिका र पर्यटन कार्यालयको सहयोगमा रेलिङ र गोलघर (प्रतिक्षालय) निर्माण भएको थियो । यस वर्ष नगरपालिकाको रु पाँच लाख अनुदानमा ९० मिटर रेलिङ निर्माण गरिएको छ । 

आरामदायी बेञ्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लीहिल पुग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । 

मलद्वार नभएकी बालिका उपचारबाट बञ्चित 

गरिबीका कारण बेनी नगरपालिका–५ बगुवाखोलाकी मलद्धार नभएकी बीस वर्षीया रुवीना कार्कीकी दुई महिनाकी छोरीको उपचारमा समस्या भएको छ । 

गत असार १६ गते चितवनको एक अस्पतालमा जन्मिएकी बालिकाको मलद्धार नभएको र दिसा, पिसा एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको उपचार गराउन नसकिएको रुविनाले बताउनुभयो । 

छिमेकी भुजु बानियाँका अनुसार सुस्त मनस्थितिकी रुवीना माइतीमा बस्दै आएकी छिन् । माइतीमा बुबाआमा र दाजुभाइको पनि आर्थिक अवस्था कमजोर भएकाले छिमेकीले बनाइदिएको अस्थायी टहरामा कार्की परिवार बस्दै आएका छन् । 

सामान्य सल्यक्रिया गरेर ती बालिकाको उपचार गर्न सकिने र यसका लागि धेरै खर्च समेत नलाग्ने बेनी अस्पतालका डा बिराट शर्माले बताउनुभयो । शारीरिक वृद्धि विकासका क्रममा आन्द्रामा समस्या आउँदा यस्तो हुने उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल