३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिंदै

९ भाद्र २०७५, शनिबार ०३:३५

भदौ ९, सुर्खेत (रासस) | कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो । 

चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रका २४ निर्वाचन क्षेत्रमा एक÷एक पर्ने गरी २४ नर्सरी स्थापना गरिने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताउनुभयो । 

रु एक करोडको लगानीमा २४ नर्सरी स्थापनाका लागि रु २४ करोड विनियोजन गरिएको जानकारी दिँदै उहाँले प्रदेशका १० वटै जिल्लामा पहिला सम्भाव्यता अध्ययन गरेर कुन जिल्लामा के उत्पादन हुन्छ, त्यसैको आधारमा नर्सरी स्थापना गरिने बताउनुभयो । सहकारी र स्थानीय तहसँग समन्वय गरेर कार्यविधि निर्माण गरी फलफूल तथा तरकारीका नर्सरी सञ्चालन गरिने भएको छ । 

प्रदेशको हिमाली, पहाडी र प्रदेश राजधानी भएको जिल्लासहितलाई तीन भागमा विभाजन गरेर स्थान सुहाउँदो तरकारी तथा फलफूलको नर्सरी बनाइने नर्सरीलाई बिरुवा अङ्कुरण/उत्पादन, इन्कुरेशन र ग्रोथ च्याम्बरका लागि दुई रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली