Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अनियमितताका बारेमा छानबिन शुरु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ९, डडेल्धुरा | डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ ।

हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेको हो ।

जिल्लामा मुक्तहलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नुका साथै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन टोलीले छानबिन शुरु गरेको हो ।

जिल्ला मालपोत कार्यालय कैलाली, धनगढीका प्रमुख ठाकुरप्रसाद सिग्देलको संयोजकत्वमा मन्त्रालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । सो छानबिन टोलीले हलिया पुनःस्थापनामा भएको आर्थिक अनियमितता गरेको आरोप लागेका कर्मचारी, उजुरी कर्ता मुक्त हलियासँग भेटेर छानबिन गर्नुका साथै स्थानीय सञ्चारकर्मीको समेत सुझाव लिइरहेको टोलीका संयोजक सिग्देलले बताउनुभयो ।

हलिया पुनःस्थापना कार्यक्रममा जिल्ला मालपोत कार्यालय डडेल्धुराका लेखापाल, मालपोत कार्यालयमा मुक्त हलियाका सहजकर्तालगायतका कर्मचारी र मुक्त हलिया समाज महासङ्घ डडेल्धुराका केही पदाधिकारी र पत्रकारले समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

२०६५ भदौ २१ गते मुक्तघोषणा भएका हलियाका लागि २०७१ देखि सरकारले पुनःस्थापना कार्यक्रम शुरु गरेको थियो । डडेल्धुरामा एक हजार ८९४ परिवारमध्ये २०७४÷७५ मा एक लाख २५ हजारका दरले ६०० घर मर्मत, रु तीन लाख २५ हजारका दरले ४०० घर निर्माण र दुई लाखका दरले २०० हलिया परिवारको लागि जग्गा खरीद भएको छ । रासस