२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

दरवाङ म्याग्दी खोलाको वित्तीय व्यवस्थापन

९ भाद्र २०७५, शनिबार ०८:१०

भदौ ९, म्याग्दी | मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 

धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाइमा कर्जा लगानी सम्झौता भएको हो । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन् । 

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत् उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न रु चार अर्ब ५० करोड लगानी आवश्यक पर्ने जनाइएको छ । 

दरवाङ, देवीस्थान, ताकम र बिमको सीमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र रातो ढुङ्गामा विद्युत् गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

विसं २०७१ फागुनमा जनेरेशन अनुमति पाएको कम्पनीले लगानीको विवादका कारण काम शुरु गर्न सकेको थिएन् । कम्पनीमा नयाँ सञ्चालक भित्रिएर आयोजनालाई अघि बढाउन लागेका हुन् । एनआरएनए कोरियाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष विनोद कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो । 

यस आयोजनाबाट उत्पादित विद्युत् बिमको डाँडाखेत सव स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले तीव्रता पाउने स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले अपेक्षा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य