२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

दरवाङ म्याग्दी खोलाको वित्तीय व्यवस्थापन

२०७५, ९ भाद्र शनिबार ०८:१०

भदौ ९, म्याग्दी | मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 

धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाइमा कर्जा लगानी सम्झौता भएको हो । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने भएका छन् । 

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत् उत्पादन गर्ने जनाइएको छ । आयोजना निर्माण गर्न रु चार अर्ब ५० करोड लगानी आवश्यक पर्ने जनाइएको छ । 

दरवाङ, देवीस्थान, ताकम र बिमको सीमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र रातो ढुङ्गामा विद्युत् गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

विसं २०७१ फागुनमा जनेरेशन अनुमति पाएको कम्पनीले लगानीको विवादका कारण काम शुरु गर्न सकेको थिएन् । कम्पनीमा नयाँ सञ्चालक भित्रिएर आयोजनालाई अघि बढाउन लागेका हुन् । एनआरएनए कोरियाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष विनोद कुँवरको नेतृत्वमा आयोजना निर्माण हुन लागेको हो । 

यस आयोजनाबाट उत्पादित विद्युत् बिमको डाँडाखेत सव स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले तीव्रता पाउने स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले अपेक्षा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला