2026-09-14 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलालाई न्याय दिन सबै पक्ष संयमित भई अघि बढनु पर्ने

भास्कर के.सी | भदौ ९, कञ्चनपुर | साउन १० गते हराएकी बालिका निर्मला पन्त भोलि पल्ट बलात्कार पछि हत्या भएको अवस्थामा भीनपा–१८ पत्थरपुर उखु बारीमा फेला परे पछि चलेको आन्दोलन भदौ ४ गते वर्ष ४० का दिलिप विष्टलाई हत्याको आरोपमा सार्वजनिक गरे पछि भदौ ५ गते  देखि आन्दोलनले उग्र्ररुप लिएको थियो भने भदौ ७ गते बेलुका ५ देखि विहान ५ बजे कफर्यु लागेको थियो त्यसैगरी भदौ ८ गते बेलुका ८ बजे लागेको कफर्यु  १० गते विहान ५ बजे सम्मको लागि लागेको छ भने १० गते विहान १० बजे देखि पुनः कफर्यु लाग्ने भएको छ कफर्यु भीनपाका १८, ४ र ६ का वडाहरुमा लागेको छ । आज ३१ दिन वितिसक्दा पनि यहाँको स्थिती सामान्य हुन सकेको छैन । यस विचमा एक जना १४ वर्षका बालक सन्नी खुनाको  प्रहरीले चलाएको गोली लागी मृत्यु भएको छ भने दर्जनौं व्यक्ती घाईते भएका छन् । 

यहाँका सिडिओ, एसपि, डिएसपि र मुद्दाफाँटका इन्सपेक्टर लाई काठमाडौ लगिएको छ भने उनको स्थानमा नयाँ टिम आएको छ । जसका कारण अब न्याय मिलनेमा केही हद सम्म पनि यहाँका स्थानिय र देशबासी ढुक्क भएका छन् ।

शनिबार बसेको सर्वदलीय छलफलमा चार वटा बुदाँमा निर्णय भएको छ । प्रहरीको गोली लागेका भी.न.पा.१८ शुभकामना मुक्त कमैया टोल भगतपुर निवासी सन्नी खुनालाई शहीद घोषण गर्न नेपाल सरकार समक्ष र मृत्तकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराई दिन तिनै तहको सरकार समक्ष अनुरोध गर्ने, आन्दोलनमा घाइते भएकलाई निशुल्क उपचारको व्यवस्था गर्ने, घाइते भए पश्चात शारीरिक अशक्तता कारण जिवन निर्वाह गर्न कठिनाइ भएका परिवारहरुमा जीविकोपार्जनको लागि उचित व्यवस्था गर्ने, आन्दोलनकका क्रममा निजी सरकारी, सार्वजनिक सम्पतिमा पुग्न गएको क्षति, भिडनियन्त्रको सिलसिलामा भएको दमन र गोली चलाइएको विषयका सम्पबन्धमा निष्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाईका लागि समिति गठन गर्न नेपाल सरकार, गृह मन्त्रालय समक्ष अनुरोध र भविष्यमा कुनै पनि अप्रिय घटना घटन नदिन घटनाको निष्पक्ष छानविन एवं शान्ति व्यवस्था कायम गर्ने जस्ता बुदामा सहमति भएको छ ।

त्यसै विच सर्वदलीय छलफलमा भएका विभिन्न पार्टीका नेता, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी र प्रहरी प्रशासनले सबै जनतामा संयमित भएर निष्पक्ष छानविनको लागि सबै जनसमुदायले सहयोग गर्नु पर्ने र अहिले आएको छनविन टोलीले छिटो भन्दा छिटो अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताए । 

शुक्रबार बेलुका ७ बजे देखि लगाएको कफर्यु आइतबार विहान ५ बजे सम्म रहदा स्थानियवासीले अति आवश्यक समानको लागि पनि समस्या बेहोर्नु परेको छ भने भारतबाट नेपाल आउने र भारत जाने यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ