2026-09-14 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शहिद खुनाको दाह संस्कार गरियो

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | आन्दोलनको क्रममा भदौ ८ गते ४ बजे तिर प्रहरीको गोली लागी निधन भएका भीनपा–१८, शुभकामनाटोलका वर्ष १४ का सन्नी खुनाको आज विधिवत् रुपमा दाह संस्कार गरिएको छ । 

विहानै पोष्टमार्टम गरी महाकाली अञ्चल अस्पताल बाट शुरु भएको उनको शव यात्रा ब्रह्मदेवको महाकाली घाटमा लगि नेपालको झण्डा तथा राष्ट्रिय सम्मानका साथ उनको दाहसंस्कार गरिएको छ । 

निजको परिवारलाई नेपाल सरकारले शहीद घोषणा गर्नुको साथै १० लाख रुपैया दिने निर्णय गरेको छ त्यसै गरी भीमदत्त नगरपालिकाको तर्फ बाट ३ लाख रुपैया दिने घोषणा भएको छ । खुनाको आर्थिक अवस्था कमजोर रहेका कारण उनले कक्षा ३ सम्म मात्र अध्ययन गरेका खुना आजकल मार्बलको काम गर्दै आएका थिए उक्त घटनाको दिन उनले आफुले गरेको मजदुरीको ज्याला लिएर आउने क्रममा गोली लागेको उनकी कान्छी आमा अन्जु खुनाले बताईन । 

उनको आफ्नो आमा भने उनी सानै छदा मृत्यु भएको हो । बुवा विरु खुना भीमदत्त नगरपालिकामा सफाई कर्मचारीको रुपमा कार्यगर्दै आएका छन् । अन्तिम संस्कारमा प्रदेश नं. ७ का क्षेत्र नं.१ का प्रदेस सभाका माननीय तारालामा तामाङ्ग, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द, महिला अधिकार कर्मी तथा समाजसेवी शारदा चन्द लगायत विभिन्न क्षेत्रका व्यक्तित्वका साथै ठुलो जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ