2026-07-06 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली काङ्ग्रेस महिला संघद्वारा वडा तहदेखिनै तेत्तीस प्रतिशत अधिकार दिन माग

भदौ १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले पार्टीले महिलालाई वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिन माग गरेको छ । 

नेपाल महिला सङ्घले संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा आज साँझ आयोजना गरेको ‘दीपप्रज्वलन तथा अन्तक्र्रिया’का वक्ताले ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधान संशोधनमा महिलाको अधिकारलाई सम्बोधन गर्न दबाब दिनुपर्ने बताउनुभयो । “महिलाको हकअधिकारका लागि तपाईहरु सङ्गठित भएर अगाडि बढ्नुहोस्, म तपाईहरुको साथमा छु”, उहाँले भन्नुभयो । 

नेता सिंहले नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको महिला अझसम्म पनि सुरक्षित हुन नसकेको भन्दै महिला अधिकारका लागि अझै लड्नुपर्ने बेला आएको बताउनुभयो । “दिनदिनै मुलुकका विभिन्न भागहरुमा महिला बलात्कार भइरहेका छन् त्यसका विरुद्धमा महिला सङ्घ एक भएर लड्नुपर्छ”, उहाँले भन्नुभयो । 

नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले काङ्ग्रेसले महिलालाई वडादेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार सुनिश्चित गर्ने गरी विधान संशोधन गर्न माग गर्नुभयो । “नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । 

महिला सङ्घ उपाध्यक्ष सरस्वती तिवारीले नेपालमा एकतन्त्रीय राणाशासन फालेर प्रजातन्त्र ल्याउन मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । 

महिला सङ्घ महासचिव धना खतिवडा, मञ्जु खाँण, प्रदेश नं ३ का सांसद कल्पना नेपाली, पूर्वसांसद कल्याणी रिजाल, रमा गुरागाईं, महिला सङ्घ अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले महिला सङ्घको संस्थापक अध्यक्षलाई पार्टीले सम्झन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । 

महिलाको हकअधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने