८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ: सभामुख महरा

११ भाद्र २०७५, सोमबार ११:५३

भदौ ११, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले प्राकृतिक, साँस्कृतिक एवं गुरिल्ला पदयात्राको अनुपमस्थल भूमे गाउँपालिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ । 

भूमे गाउँपालिकाद्वारा प्रकाशित ‘भूमे दर्पण एवं वृत्तचित्र’को आज यहाँ शुभारम्भ गर्दै सभामुख महराले राजनीतिक परिवर्तनको जगमा उभिएर अब जनताको आर्थिक एवं सामाजिक रुपान्तरण गर्न सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुम (पूर्व)को आर्थिक समृद्धि पर्यटन प्रवद्र्धनले नै गर्छ, यसका लागि सरकारले थप लगानी बढाउनुपर्छ । ” 

राजनीतिक दृष्टिकोणले भूमे गाउँपालिकामा रहेका लावाङ र चुनवाङस्थल ऐतिहासिक रहेको उहाँको भनाइ थियो । सरकारले रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर मध्यपहाडी क्षेत्रमा गुरिल्ला पदमार्गका रुपमा विकसित गर्न थालेको छ । भूमेका अधिकांश बस्तीमा मगर समुदायको बसोबास छ । विमोचित पुस्तिकामा भूमेको परिचय समेटिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गुरिल्ला पदमार्गलाई बहुवर्षीय योजनामा समावेश गरी पर्यटन प्रवद्र्धनको काम भइरहेको बताउनुभयो । उहाँले भूमेमा रहेको गणतन्त्र सङ्ग्रहालयलाई थप प्रवद्र्धन गर्न वजेट विनियोजन गरिने बताउनुभयो । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगर तथा उपाध्यक्ष मनकुमारी बुढा विष्टले मगर संस्कृतिको धनीका रुपमा रहेको गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा