८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘२०३० सम्ममा समृद्धिको संकेत पाइने’

११ भाद्र २०७५, सोमबार ११:५३

भदौ ११, काठमाडौ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ ।” प्रधानमन्त्री ओलीले सोका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने स्पष्ट गर्नुभयो । 


प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन । प्रभावकारी हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग भन्नुभयो “देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस् भन्ने कुरामा सचेत भइदिनुहोस् । ” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा