२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतको दादागिरी: नेपाल र भारतको विवादित ठाउँमा सडक बनायो

१२ भाद्र २०७५, मंगलवार १०:४३

श्याम थापा | भदौ १२, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले दादागिरी तरिकाले नेपाल र भारतको बिबादित ठाउँमा सडक निर्माण गरिरहेको छ | त्यसैगरी सुस्ताको नेपाल भारत सिमानामा खाल्टो खनेको छ | जसले गर्दा सुस्ताबासीहरुलाई आवातजावत गर्न समस्या भएको छ । 

सुस्ताबासिहरुलाई सहजरूपमा हिडडुल गर्न भारतको भुमी प्रयोग गरि नेपाल आउने बाध्यता रहेको छ । 

तर त्यही बाध्यताको फाइदा उठाएर भारतीय पक्षले सिमानामा खाल्टो खनिदिएर सुस्ताबासीहरुलाई दुख दिने कार्य गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले बताउनु भयो ।

भारतीय पक्षले बिबादित जग्गामा सडक निर्माण कार्य गर्न लाग्दा सो कार्यलाई रोक्न सुस्ताबासीहरु पुग्दा भारतीय पक्षका स्थानीयले भारतीय सशस्त्र सिमा बल एसएसबिको बल पाएर सुस्ताबासीहरुको कुरालाई बेवास्ता गरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो । 


सो स्थलको अनुगमन गर्न सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे सुस्तामा पुग्दा बिबादित ठाँउमा भारतीय पक्षले सडक बिस्तार कार्य गरिरहेको र सो कार्य रोक्नका लागि भारतीय पक्षले यो हाम्रो भुमि हो हामीले जे पनि गर्छौ भन्दै सडक निर्माण कार्य नरोकेको र गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनु भयो । 

सुस्ताबासीहरु हिडडुल गर्न,बजार गर्न , विद्यार्थीहरुलाई आधारभुत तह देखि उच्च शिक्षा सम्म शिक्षा हासिल गर्नका लागि र बिरामीहरु उपचार गर्नका लागि नारायणी नदिबाट डुङ्गा र भारत बिहारको चकदहवाको गरि दुई वटा मात्र बाटोको प्रयोग गर्ने गरेको छ । बर्षातको समयका कारणले गर्दा नारायणी नदिमा पानीको बहाव बढी रहेको कारणले सहज यात्राका लागि भारतको भुमी प्रयोग गरि नेपाल जान पर्ने बाध्यता रहेको सुस्ताबासिहरुको भनाइ छ ।


पटक पटक सुस्ताबासीहरुको माथी विभिन्न तरिकाले भारतीय पक्षले दादागिरी रूपमा हस्तक्षेप गरि सुस्ताबासीहारुलाई दुख दिने गरेको कारणले गर्दा यो समस्या समाधानका लागि नेपाल र भारत बिच उच्च स्तरीय बार्ता हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य