Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा सडक र खानेपानी डिभिजन कार्यालय बस्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार। भदौ १३, बुटवल। सडक तथा पुल डिभिजन कार्यालय पाल्पा हुँदै सास्ती खेपिरहेका गुल्मीका उपभोक्तहरुले अब आफ्नै जिल्लामा सडक तथा पुल डिभिजन कार्यालय , खानेपानी र  सिंचाई डिभिजन कार्यालय पाउने भएका छन ।

प्रदेश ५ का मन्त्री सुदर्श बरालको पहलमा उक्त सुविधा यहाँका जनताले पाउने भएको मन्त्री बरालको सचिवालयले जनाएको छ । उनका स्वकिय सचिव यदु ज्ञवालीका अनुसार  सडक तथा पुल डिभिजन कार्यालयले छिमेकी जिल्ला अर्घाखाँची समेत हेर्ने छ ।

अर्को डिभिजन कार्यालयले गुल्मी मात्रै हेर्ने छ । यसबाट सुक्दै गएको सदरमुकामको ब्यापार ब्यवसाय पनि फस्टाउने र  जनतालाई सुविधा पनि हुने मन्त्री बरालको बुझाई छ । उनले प्रदेश सरकारले कर्मचारी तोक्दै असोज भित्रमा सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरी सक्ने योजना बनाएको जानकारी दिए ।

उनले थपे–‘ पाल्पा पुग्दा गुल्मेलीहरु सास्ती र निकै झण्झटमा पर्ने गरेका थिए ।  ठेक्का पट्टाको सवालमा पनि ति दुई जिल्लाका निर्माण ब्यबसायीहरु बिच लडाई समेत पर्ने गरेको थियो । त्यसलाई मध्ये नजर गर्दै हामी गुल्मीबाट निर्वाचित सांसदहरुले  यी दुई डिभिजनहरु गुल्मी राख्ने पहल गरेका हौं । ’