२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्तामा शिक्षिका र अनमीमाथि भारतीय सुरक्षाबलको दुर्व्यवहार

२०७५, १३ भाद्र बुधबार ११:५२

श्याम थापा | भाद्र १३, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मीद्वारा सुस्तामा रहेको जनता दलित प्रा बि मा अध्यापन गराउने शिक्षिका सालु पन्जियार र स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी बिमला थापालाई दुर्व्यवहार गरेका छन् | भारतीय सशस्त्र सिमा बल बिओपी चकदहवा बिहार एसएसबीका इनेस्पकटर रबिन्द्र कुमारको नेतृत्वमा विवादित जग्गामा आएको गस्ती टोलिले अभद्र व्यवहार गरेको शिक्षिका सालु पन्जियारले बताउनुभयो । 

पन्जियार जनता दलित प्रा बि सुस्ताका शिक्षिका हुन र थापा भने स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी हुन | दुबै आफ्नो कार्य स्थलबाट घर फर्कने क्रममा भारत बिहारको चक्दहवाको बाटो प्रयोग गरि आउने क्रममा उनीहरुले पन्जियार र थापालाई रोकेर अस्लिल शब्दमा गाली र अभद्र व्यवहार गरेको हो ।

सुस्तामा काम गर्ने कर्मचारी लगायत सुस्ताबासीहरुले नारायणी नदिबाट डुङ्गाको प्रयोग गरि र भारत बिहारको चक्दहवा भन्ने ठाउँ गरि दुई वटा मात्र बाटोको प्रयोग गरेर नेपालतर्फ आउने बाध्यता रहेको छ । 

आफ्नो बिद्यालयका शिक्षिका माथि दुव्र्यवहार भएको भन्दै दलित जनता प्रा बिका प्र अ  उदय रुचाल मगरले दुख प्रकट गर्नुको साथै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै स्वास्थ्य चौकी इकाई सुस्ताका अनमीको माथि दुव्र्यवहार भएको भन्दै स्वास्थ्य शाखा कार्यालय कुडियाका प्रमुख ऋषिराज काफ्ले पनि दुख प्रकट गर्नु भएको छ ।

सुस्ताबासीहरु र सुस्तामा काम गर्ने कर्मचारीहरुलाई भारतीय सशस्त्र सिमा बलले पटक पटक यसरी नै दुव्र्यवहार गर्ने गरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा