प्रेम सुनार | भदौ १४, बुटवल। घरदेशीको विचलन र प्रदेशीको जलनः कारण थुप्रैका घर बिग्रिन थालेका छन । एउटै जिल्ला गुल्मीको डर लाग्दो तथ्यले यस्तो देखाएको हो । गुल्मीमा गत आर्थिक बर्ष ०७४÷०७५ मा १ सय ४७ वटा सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत दर्ता भएको त्यस अदालतले जनाएको छ । जस मध्ये १ सय २८ मुद्धा फर्छयौट भएका छन् । भने १९ जना मुद्धा प्रक्रियामै रहेको जिल्ला अदालतले जानकारी दियो ।

त्यस्तै आर्थिक बर्ष ०७४÷०७५ मा जवरजस्ती करणीका १७ मुद्धा दर्ता भएका छन् । जसमा एउटा आफ्नै सहोदर दाजुले वहिनी वलात्कार गरेको अभियोग छ । १७ मुद्धामा नौ वटा फर्छयौट भएको जिल्ला अदालतका सुचना अधिकारी समेत रहेका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । उनका अनुसार ८ वटा मुद्धा प्रक्रियामा रहेका छन । अदालतले जनाएको छ । त्यस्तै अंश सम्बन्धि ५१, नाता कायमका १६, बहुबिबाहका नौ बालबिबाह दुई र मानाचामलका ३५ मुद्धा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्धा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्धा दर्ता भएका थिए ।

बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन

जिल्ला अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन रहेको छ । महिलाहरुले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका छन् ।

August 30, 2018
गुल्मी - GLM, समाज
घरदेशीको विचलन र प्रदेशीको जलनः गुल्मीमा सम्वन्ध विच्छेदन बढ्यो
By kit
3 मिनेट पढाइ