Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा एक सातादेखिको कफ्र्यू हटाइयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १४, कञ्चनपुर (रासस) | एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो ।

गत शुक्रबारदेखि दिउँसो र राति गरी कफ्र्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कफ्र्यूलाई खुकुलो पार्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कफ्र्यू पूर्णरुपमा हटाइएको जानकारी दिनुभयो । तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो ।