८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको रिट्रिट प्रारम्भ

१५ भाद्र २०७५, शुक्रबार ०३:५३

भदौ १५, काठमाडौँ (रासस) | बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । 

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ । 

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमती/श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । 

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथीलाई स्वागत गर्नुभयो । त्यसअघि पञ्चकन्याले पनि उहाँहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए । 

रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री/राज्यमन्त्री पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नुभएको थियो । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला/विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गर्नुभएको थियो । 

नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताउनुभयो । 

औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व पराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले अभिमत प्रकट गर्नुभयो । “रिट्रिटलाई अनौपचारिक राजनीतिक परामर्श गर्ने माध्यमका रुपमा प्रष्ट्याउँदै उहाँले मनका कुरासमेत गर्न पाइने स्थल नै रिट्रिट हो भन्नुभयो । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा पनि राजनीतिक संवादका निम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उहाँले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटम विचारविमर्श हुने गरेको बताउनुभयो । 

रिट्रिटमा द्विपक्षीय, बहुपक्षीय मामिलाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषय मात्र होइन जारी सम्मेलन/बैठकमा आफ्नो प्रस्तावको विरोध वा समर्थन के हुनसक्छ भन्ने बुझ्न र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास हुने पूर्व राजदूत आचार्यले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा