भदौ १५,काठमाडौं। १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो विमस्टेक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन सम्मलेनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो ।
घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । एमओयुमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरे ।
सम्मेलनले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षका लागि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरे। सम्मेलन समापनअघि निवर्तमान अध्यक्ष एवं नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनमा सहभागी अतिविशिष्ट पाहुनासहित सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ ।