पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १५, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना ताजा नै रहेको बेला कञ्चनपुरमा फेरि अर्की किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् ।

बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको बताए ।

प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।