2026-09-14 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नदीले जग्गा बगाउन थालेपछि …

भदौ १६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् । 

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानध्वज लुहारले भन्नुभयो, “पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेत बाढीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।” 

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउ जोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नुपरेको पीडित कलावती लुहारले बताउनुभयो । तीन परिवार बस्दै आएको झोपडी नदीले बगाउने अवस्थामा पुर्याएकाले उनीहरु छिमेकीको झोपडीमा सरेका छन् । 

नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँ छाडेर वर्षाको पानीमा भिज्दै बालबालिकासहित अनिँदोमै सडकमै रात बिताउनु पर्ने अवस्था रहेको अर्का पीडित माघी रावतले उल्लेख गर्नुभयो । 

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिक वन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ