२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

आठ महिने बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

१६ भाद्र २०७५, शनिबार ०८:४१

अजयकुमार साह | भदौ  १६, धनुषा | महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । 

आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताउनुभएको हो । 

घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने छ, उहाँले भन्नुभयो, “हत्यारा जहाँ भए पनि खोजर कानुनी कारवाही गर्न सरकार प्रतिवद्ध छ ।” 

आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दै रौतहट लालबकैया नदीमा पाँच जनाको मृत्यु हुनेगरी भएको डुङ्गा दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीे गरिने बताउनुभयो । 

समयमा काम नगर्ने ठेकेदारलाई समेत कारवाही हुन्छ, उहाँले भन्नुभयो, “यसका लागि छिट्टै नै सार्वजनिक खरिद ऐन ल्याउने तयारी प्रदेश सरकारको छ ।” 

मन्त्री यादवले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न प्रदेश सरकारले छिट्टै सुशासन सम्बन्धी विधेयक समेत ल्याइने जानकारी दिनुभयो । 

यसअघि बैठकमा प्रदेशसभा सदस्य मनिष सुमनले लालबकैया नदीमा समयमै पुल नबन्दा डुङ्ग दुर्घटना भएको र त्यसका लागि पुलनिर्माणको ठेक्का लिएका पप्पु कन्सट्रक्सनलाई कारवाहीको माग गर्नुभयो । 

विश्व स्वास्थ्य सङ्गठनले नेपालबाट औँलो रोग उन्मूलन भइसकेको घोषणा गरिसकेकाले सो रोग न्यूनीकरणका लागि प्रदेश सरकारले सुपानेट झुल वितरण गर्न रु पाँच करोड छुट्ट्याएकोमा आपत्ति जनाउँदै ‘बजेटमा सुपानेट झुल वितरणका लागि रु पाँच करोड छुट्टयाउँदा हामीले यसको विरोध गरेका थियौँ, त्यतिबेला अर्थमन्त्रीले यो हटाइने प्रतिबद्धता जनाए पनि अहिले रेडबुकमासमेत उल्लेख नै छ, यो किन हटेन ?’ भनी प्रश्न गर्नुभयो । 

सदस्य सुमनले सामाजिक परिचालकको माग पूरा हुनुपर्नेमा पनि जोड दिनुभयो । 

अर्का सदस्य मञ्जु यादवले प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनलाई बहिस्कार गर्ने सदस्यहरुलाई कारवाहीको माग गर्दै प्रदेश सरकार गठन भएको आठ महिना भइसके पनि जनताले सुशासन र विकासको अनुभूति गर्न नसकेको बताउनुभयो । 

प्रदेशसभा सदस्य ज्वाला साहले जनताको इच्छाविपरित प्रदेश सरकारले रेडबुकमा मनमानी तरिकाले आवश्यक योजना ल्याएकोमा आपत्ति जनाउँदै सरकार विकास निर्माणमा जोड दिनुपर्छ भन्नुभयो । 

यसैगरी प्रदेशसभाको शुक्रबारको बैठकले मुख्यन्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाको अन्य सर्तमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको थियो । 

विधेयक मुख्य न्यायाधिवक्ताको पारिश्रमिक मासिक रु ५४ हजार ५९० निर्धारण गरिएको छ । यस्तै अन्य सुविधामा विशेष भत्ता मासिक दुई हजार, आवास सुविधा १७ हजार ९५०, घर मर्मतका लागि आठ हजार ९७५, विद्युत् महसुल खर्च एक हजार पाँच सय, इन्धन मासिक १५० लिटर, कपडा भत्ता १० हजार, विदेश भ्रमण १७५ डलर दैनिक र भ्रमण भत्ता दुई हजार पाँच सय दैनिक निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो