२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सर्वस्व सहितको जन्मकैदीलाई सर्वस्व सुविधा

२०७५, १७ भाद्र आईतवार १४:३७

प्रेम सुनार | भदौ १७, बुटवल | आज १७ भदौं कै दिन  दुई बर्ष अघि  एउटा समाचार लेखिएको थियो । केहि दिन अघि गुल्मीको बाँझकटेरीमा  धारिलो हतियारले  एक बृद्धको निर्मम हत्या गरिएका अभियुक्तलाई  पुर्वपक्षका लागि कारागार चलान सम्वन्धि समाचार थियो त्यो । २०७३ साल असार ३० गतेका दिन साविक बाँझकटेरी गाविस वडा नम्वर–१ का ५९ बर्षिय छत्रबहादुर ओलीको घर लुटपात गर्ने क्रममा छिमेकी जिल्ला प्युठान साविक अर्घा गाविस वडा नम्वर ९ का २२  बर्षिय लेखनाथ गिरी र २० बर्षिय दिपक गिरीले खुर्पा नामको धारिलो हत्यारले ओलीलाई कसाईले मासु काटे झै चकाना चकाना पारे निर्मम हत्या गरेका थिए ।

त्यसको दोश्रो दिन जिल्ला प्रहरी  कार्यालय गुल्मीले दिएको सूचनाको आधारमा प्यूठानको बाग्दुल्लाबाट  पुर्कोटदह ईलका प्रहरी कार्यालयको टोलीले ति दुवै जनालाई  पक्राउ गरी सदरमुकाम चलान  गरेको थियो । २०७३ मंसिर १४ गतेका दिन वलीका हत्या अभियोगी ति दुवै जनालाई  तत्कालिन  जिल्ला न्याधीश मातृका प्रसाद मरासीनिको इजलासले सर्वोस्वसहितको जन्म कैद सहित अभियुक्तहरुलाई जेल चलान गरेको  थियो । 

मरासीनिको इजलासले भनेको थियो–‘मृतक छत्रबहादुर सेन ओलीलाई हत्या गरेको अभियोगमा प्रतिवादि लेखनाथ गिरि र दिपक गिरिलाई  कर्तव्य ज्यान मुद्दाको मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ उपधारा १ बमोजिम सर्वस्व  सहित जन्म कैदको फैसला गरिएको छ ।  तर गजवको कुरा त के छ भने सर्वस्व सहित जन्म कैदको सजाएँ पाएका उनै अभियुक्त मध्येका  दिपक गिरीलाई जिल्ला कारागार गुल्मीले त्यहाँका कैदीहरु मध्ये सर्वस्व सुविधा दिएर राखेको छ ।

सामन्य घटनामा कारगार परेकाहरु फलामे डन्डी समातेर गेटमा आफन्त संग टुलुटुलु हेरेर बस्छन । तर सर्वस्व सहित जन्म कैदको सजाएँ सुनईएका  दिपक गिरीलाई भने कारागारको नाईके बनाएर चौविसै घण्टा बाहिर निस्कन पाउने सुविधा सहित नाईकेले पाउने अन्य सुविधा समेत उपलब्ध गराईएको छ । त्यस विरुद्ध मृतकका छोरा राजेश सेन सर्वस्व सहित जन्म कैदको ब्याख्या बुझ्न नसकेको दुखेसो  गर्छन । 

भन्छन –‘ यस्ता प्रकारका हत्यारालाई कडा भन्दा कडा सजायँ अझ फाँसी कै साजाएँको आवाज उठी रहेको बेला उ चाँही बजारमा हामीलाई धाग दिने गरी मन्केर हिड्छ । उसलाई सजाएँ हो कि मान्छे मारे बापत  पुरस्कार रु हामीले यो  सवाल गर्न चाहन्छौं त्यस कारागार संग । ’ यस सम्वन्धमा त्यस कारागार प्रमुख गोपाल प्रसाद पाण्डेको ध्यानकृष्ट गराउँदा उनले गिरी त्यस कारगारका ५२ जना वन्दी मध्ये सबै भन्दा असल मान्छेको संज्ञा दिए ।

उनले भने–‘ मैले मात्रै चाहेर हुन्न भित्रका बन्दीहरुले पनि चाहनु पर्छ । असल र लिडरशिप भएको बन्दी हुनु पर्छ । बलात्कार र मानव बेचविखन मुद्धाका बन्दी भन्दा तल पर्छन ज्यानमुद्धाका कैदीहरु । उ अरु भन्दा असल र लिडरशिप भएको बन्दी भएकोले मेरो सिफारिसमा सिडियो सावले तोक लगाएर विभागमा पठाई स्वीकृत भएर आएर मात्र नाईकेको जिम्मा दिने हो । यद्यपी , यस प्रति आगमी दिनमा आफु सचेत हुने उनले बताए । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराउँदा ति बन्दीको के कस्तो अवराध सम्वन्धमा आफुले बुझ्न नपाएकोले कारागार प्रमुखलाई बोलाएर आफुले थप कुरा बुझ्दै  मृतकका आफन्तजनको मागबारे आफुहरुले पुनरविचार पनि गर्न सक्ने बताए । 

कतिपय कारागारमा कारागार प्रमुखलाई रिझाउन सक्ने , खरिद बिक्रिका सामग्रीको कमिशन बुझाउन सक्नेलाई नाईकेमा सिफारिस गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । नाईकेलाई दिनको एक रुपैयाँका दरले आर्थिक सुविधा र त्यो भन्दा पनि महत्वपुर्ण कुरा के छ भने नाईके बनाईयो भने ४० प्रतिशत सजाएँ पार गरेकाहरुलाई माफी मिनाह  हुने भएकोले नाईके सिफारिसका लागि चलखेल समेत हुने गरेको आरोप पनि लाग्ने गरेको छ । स्मरण रहोस् गुल्मी वामीका चित्रबहादुर केसीले श्रीमतिलाई कत्लेआम गरेर त्यसै कारागारको सजाएँ भागी रहेको बला उनलाई पनि त्यसै कारागारले  लामो समय नाईके बनाएर राख्यो ।

उनि सरकारी कर्मचारी भन्दा तामझामका साथ बाहिर हिड्ने गर्दथे । त्यही क्रममा नवजात शिशु मारेर त्यसै कारागारमा रहेकी गुल्मी पिपलधाराकी एक युवती संग केसीले जेल भित्रै माया जालमा फसाए । बाहिर निस्कन साथ उनले उनि संग बिबाह गरे । तर उनलाई मदिराको मात चढी सकेको थियो । उनि सडकमा चिच्चाउने , ढल्ने गर्न थाले । ति महिलाले कुटाई खाने देखि सवै प्रकारको पिडा खेप्न थालिन ।

गत बर्ष सम्म तम्घास बजारका गल्लीहरुमा लडेको अवस्थामा देखिने उनको अवस्था अहिले अज्ञात छ । कारागारलाई सुधार गृह पनि मानिन्छ । तर बन्दी नाईकेहरुको बाहिर निगरानी बढाउन नसके उनिहरु भित्र भित्रै कुलतमा फँस्ने केसीको घटनाले छर्लङ्ग पारेको छ ।  बाहिर हिड्दा नाईकेहरुको  प्रहरीले निगरानी राख्छ भनिए पनि  बजारमा एक्लै देखिन्छन । होटल वा अन्य सार्वाजानिक स्थानमा जमघटमा फेला पर्छन । यस प्रति ध्यान दिने कि रु तस्वीरः  रातको समयमा ति दुईले लुटपात गर्न थाले पछि जोखाउन  थालेका ओलीलाई धारिलोे हतियारले यसरी कत्लेआम गरेका थिए । घर भित्र रगतको पोखरी परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा