२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ

१८ भाद्र २०७५, सोमबार ०८:१२

 भदौ १८, पर्वत । सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ वर्षीय ओम पुन, जलजला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय मीनबहादुर चोचाङ्गी र जलजला–६ कै मीनबहादुर पुनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ परेकाको साथबाट तथा जुवाखालबाट रु २७ हजार ६८० समेत बरामद गरिएको छ । पक्राउ परेकालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत उपदफा १ बमोजिमको कार्य गरेको भनी मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’