२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा जुवा खेल्दै गरेका ९ जना जुवाडे पक्राउ

२०७५, १८ भाद्र सोमबार ०८:१२

 भदौ १८, पर्वत । सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर पुन, अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ वर्षीय ओम पुन, जलजला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय मीनबहादुर चोचाङ्गी र जलजला–६ कै मीनबहादुर पुनलाई पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ परेकाको साथबाट तथा जुवाखालबाट रु २७ हजार ६८० समेत बरामद गरिएको छ । पक्राउ परेकालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत उपदफा १ बमोजिमको कार्य गरेको भनी मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने