2026-09-14 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

फरार अभियुक्त सात वर्षपछि पक्राउ

भदौ १९, तुलसीपुर | कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा रु तीन लाखको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन् ।  

प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परे पनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको टोलीले बुढालाई बागलुङको ढोरपाटन नगरपालिका–९ बाट नियन्त्रणमा लिएर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुढाले घटनापश्चात् फरार रही ढोरपाटनमा आलुखेती गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले