2026-09-04 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कतारमा फाँसीको सजाए सुनाइएका अनिलको मुद्दामा बहस भएन

भदौ २०, औरही । कतारी नागरिकलाई हत्या गरेको आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएको परिवारजनले बताएका छन् ।

२० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि मुद्दामा बहस सुरु हुन् नसकेको अनिलका बुवा श्यामकिशोर चौधरीले बताए ।

अनिल चार वर्षअघि वैदेशिक रोजगारीको लागी अनिल कतार पुगेका थिए ।  कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतार जान राहदानी बनाएँ’, अनिलका बुवा श्यामकिशोरले भने, ‘तर, सरकारले भिसा उपलब्ध गराइदिएन ।’ उनले पीडित परिवारसँग छोरा बचाउन माफी वा ब्लड मनीको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए ।

काठमाडौं आउँदा जाँदा साढे तीन लाख ऋण सकिसकेको पिडित परिवारले बताएका छन्  । एक मात्र छोरो फर्काइदिन परिवारले सरकारसँग आग्रह गरेका छन् ।

छोरोलाई फाँसीको सजाय सुनाइएपछि अनिलकी आमा २० महिनादेखि शोकमा डुबेकी छन् । दिनहुँ छोरो सम्झेर उनी रुन्छिन् । घरमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँ, समाज सबै चिन्तामा छन् ।

कोमल इन्टरनेसनल सर्भिस प्रालिमार्फत अनिल २०१५ अगस्ट २७ मा कतार गएका थिए । कार वास कम्पनीमा समान्य कामदारका रूपमा काम गर्दै आएका उनी कतारी नागरिक हत्या आरोपमा सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ