2026-09-04 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायीको चुनावी रौनक, अध्यक्षमा ढकालको सम्भावना बलियो

मनोज पराजुली, भदौ २०, काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षको पदका लागि म्यानपावर व्यवसायी विच प्रतिष्पर्धा हुने देखिएको छ। बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने फोरमको नवौँ साधारणसभामा म्यानपावर व्यवसायीहरु नरेन्द्रप्रसाद ढकाल, हंशराज वाग्ले, ऋषि शर्मा र दुर्गाबहादुर लिम्बूले अध्यक्ष पदका लागि इच्छा देखाएका छन् । 

२०६३ मा स्थापना भएको फोरमको पाँचौ कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ढकाल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवं फोरमका सल्लाहकार वाग्ले, पूर्व वरिष्ठ उपाध्यक्ष शर्मा र पूर्वसदस्यसमेत रहेका लिम्बू आकांक्षी देखिएका छन् ।

नयाँ कार्यसमितिको लागि धेरै व्यवसायीहरु आकांक्षी देखिएकोले हालको कार्यसमिति र सो भन्दा बाहिरका व्यवसायीलाई मिलाएर लैजाने गरि सहमतिको प्रयास भइरहेको फोरमका अध्यक्ष बिष्णु गैह्रेले जानकारी दिए । उनले सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी कार्यसमितिको टुंगो लगाइने नभए प्रतिष्पर्धाबाट चयन गरिने बताए ।

चुनाव  लागि फोरमले संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट मुख्य निर्वाचन अधिकृत, सल्लाहकार विष्णुकुमारी गुरुङ निर्वाचन अधिकृत र अधिवक्ता सन्देश राजभण्डारी सदस्य सचिव रहेको एक निर्वाचन समिति गठन गरिसकेको छ। 

फोरम कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय रहने व्यवस्था छ भने १७ जनाको अधिवेशनमार्फत निर्वाचन र ४ जना कार्यसमितिको सहमतिमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

अध्यक्ष पदका लागि धेरै आकांक्षी भए पनि  वरिष्ठ उपाध्यक्ष ढकालको सम्भावना बलियो रहेको व्यवसायीहरुले बताएका छन् । उपाध्यक्ष ढकालले फोरमको वर्तमान कार्यसमिति, पूर्व अध्यक्ष र अन्य व्यवसायीहरुका तर्फबाट आफू सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार रहेको भन्दै अन्तिम समयमा आफ्ना नाममा सहमति जुट्ने दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ