७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम अन्धकार

२१ भाद्र २०७५, बिहीबार ०९:२९

भदौ २१, डोल्पा | मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ ।

स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । 

जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ ।

यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ । 

कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र मर्मत गर्दा पनि पहिरो खस्ने सम्भावना भएकोे स्थानीय टीकादत्त न्यौपाने बताए । 

सोही ठाउँ नजिकै सोमबार साँझ पहिरोले करीब १५ मिटर कुलो भत्काउँदा २४ घण्टा विद्युत् अवरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मङ्गलबार मर्मत गरेपछि विद्युत् सेवा सञ्चालन भएकामा मङ्लबार राति गएको पहिराले झण्डै ४० मिटर कुलो भत्काउँदा झनै ठूलो क्षति भएको उहाँले जानकारी दिए ।

केही समय पहिले दुई सय किलोवाट विद्युत् उत्पादन हुने जैरीगाड पावरहाउसमा पछिल्लो पटक ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँदै आएको थियो । 

एउटा जेनेरेटर केही समय अघि जलेकाले बुटवल पावर कम्पनीमा मर्मत भइरहेको र हाल रहेको एक सय किलोवाटको क्षमताको जेनेरेटरमा खराबी आउँदा ४० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेकाले सदरमुकाम दुनै बजार र जुफालमा पालै पालो गरी विद्युत् आपूर्ति हुँदै आएको थियो । विद्युत् सेवा बन्द भएसँगै सदरमुकामस्थित रेडियो डोल्पा तथा सरकारी कार्यालयको कामका साथै समाचार सम्प्रेषण गर्न समस्या भएको पत्रकार सुकमाया थापाले राससलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ