२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुलाई खुशीको खबर

२१ भाद्र २०७५, बिहीबार १०:१८

भदौ २१, कतार । अब कतारमा रहेका विदेशी कामदारले रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्किन पाउने भएका छन् ।

कतारका मंगलबार अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै अब स्वदेश फर्किन रोजगारदाताको अनुमति लिनुपर्ने नियम खारेज भएको छ ।

यसअघि सम्झौता अवधि सकिएपछि पनि स्वदेश फर्किन रोजगारदाताको अनुमति अनिवार्य थियो । तर नयाँ नियमअनुसार रोजगादारदाताले अब कामदारलाई रोक्न पाउने छैनन् ।

रोजगारदाताले कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरेको छ । तर त्यसका लागि रोजगारदाताले श्रम मन्त्रालयलाई नामसहित उचित कारण पेस गर्नुपर्नेछ ।

कतारले सन् २०१७ जनवरी १ गतेदेखि कफला प्रणालीलाई सुधार गर्दै नयाँ नियम लागू गरेको थियो । त्योबेला कम्पनीको अधिकारमा रहेको ‘एक्जिट परमिट’ कतार सरकारले पनि दिन सक्ने गरी नियम बनाएको थियो ।

घरेलु कामदारलाई यो नियमले छुँदैन

घरेलु कामदारलाई भने  कतारले ल्याएको नयाँ नियमले सहयोग नगर्ने भएको छ । घरेलु कामदार कानुनभन्दा बाहिर भएको भन्दै श्रम नियममा आएको सुधारले उनीहरुलाई सहयोग नगर्ने कतारले जनाएको छ ।

धेरै घरेलु कामदारले दुव्र्यवहार सहेर काम गरिरहे पनि उनीहरुले रोजगारदाताको अनुमतिबिना देश छाड्न पाउने छैनन् ।

कतारले विदेशी कामदारका लागि गरेको यो कदम निकै सकारात्मक भएको सरोकारवालाले बताएका छन् । तर दुव्र्यवहार सहेर काम गरिरहनु पर्ने बाध्यतालाई हटाउन कतारले घरेलु कामदारको हकमा पनि यो नियम लागू गर्नुपर्ने आवाज उठेको छ ।

नयाँ नियमअनुसार स्वदेश फर्किने प्रक्रिया 

१. आपतकालीन समस्या आइपरेमा वा वार्षिक विदाका लागि आफ्नो सम्झौताअनुसार निवेदन दिन सकिन्छ ।

२. धेरैजसो रोजगारदाताले अनुमति नदिने गरेको र आफ्नो हकमा पनि त्यसै भएमा ‘एक्जिट परमिट’ कमिटीमा गएर निवेदन दिन सकिने छ ।

३. कतारको ‘ई गभरमेन्ट सर्भिस पोग्राम’, ‘गभरमेन्ट सर्भिस् कम्प्लेक्स’ र कतारका जुनसुकै प्रहरी चौकीमा पनि निवेदन दिन सकिने छ ।

४. निवेदन प्राप्त भएको ७२ घण्टाभित्रमा नै समस्याको सुनुवाई हुनेछ ।

सम्झौता सकिनुअघि नै घर फर्किन गृह मन्त्रालयमा निवेदन

अब कतारको गृह मन्त्रालयलाई सम्झौता सकिनुअघि नै कतार छाड्न चाहेमा अराजीनामा दिनुको कारणसहति निवेदन दिनु पर्नेछ । गृह मन्त्रालयले अनुमति दिएपछि सम्झौता सकिनुअघि नै पनि स्वदेश फर्किने अनुमति पाइनेछ ।

कतारमा जस्तै खाडमाी अरु देश साउदी, जोर्डन, लेबनानमा पनि स्वदेश फर्किन रोजगारदाताको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ । यो व्यवस्थाले समस्यामा पर्दा पनि ‘एक्जिट परमिट’ नहुँदा स्वदेश फर्किन नपाउने बाध्यता थियो ।

यही नियमका कारण धेरै रोजगदारदाताले कामदारलाई स्वदेश फर्किन नदिने गरेका थिए । तर यो नियमले अब कम्पनीले अनुमति नदिएर घर फर्किन नपाएका नेपाली कामदारले पनि फाइदा लिन सक्नेछन् ।

रोजगारदाता र कामदारबीच प्रत्यक्ष सम्झौता हुने 

नयाँ नियम अनुसार अबदेखि रोजगारदाता र कामदारबीच प्रत्यक्ष सम्झौता हुनेछ । कतिपय कतार पुगेका नेपाली ‘सप्लाई कम्पनी’मा परेर दुःख पाएको गुनासो आइरहन्थ्यो । अब कतारको यो नयाँ नियमले यो समस्यालाई समाधान गर्ने विश्वास गरिएको छ ।

कतार जाँदा नेपाल सरकारले पनि म्यानपावर धाउन नपर्नेगरी ‘रोजगारी भिलेज’को व्यवस्था गर्ने बताउँदै आएको छ । यसोहुँदा रोजगारदाता स्वयमले नेपाल आएर कामदार लैजानेछन् ।

कतारको प्रशासन विकास, श्रम तथा सामाजिक मन्त्रालयका अनुसार धेरैजसो भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र बंगलादेशी नागरिक काम गरिरहेका छन् ।

धेरैजसो सन् २०२२ को विश्वकपमा लागि तयार भइरहेका रंगशाला निर्माणको क्षेत्रमा काम गरिरहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान