२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

पश्चिम रुकुममा ट्याक्टर दुर्घटना: १ को मृत्यु, ३ घाइते

२०७५, २२ भाद्र शुक्रबार ०५:५१

भदौ २२, रुकुम । पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् । 

मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृतक धनमायाकै छोरी १३ वर्षीया मुना, मुसीकोट नगरपालिका–१३ की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते भएका छन् । घाइते तीनैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिताको अवस्था गम्भीर भएको बताइएको छ । 

ट्याक्टर न्यूटलमा राखेर चालक खोलामा गएका कारण दुर्घटना भएको थियो । बिहीबार बेलुका दुर्घटना भएको ट्याक्टर सडकभन्दा २० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला