२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी ६ करोड राख्ने प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पारित

२०७५, २२ भाद्र शुक्रबार ०६:४८

भदौ २२, काठमाडौँ | म्यानपावर धरौटी ६ करोड राख्ने प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पारित भई मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारीमा पुगेको छ । 

विधेयक समितिबाट पारित भैसकेको उक्त प्रस्ताव अब मन्त्रीपरिषद बैठकले मात्र पारित गर्न बाँकी रहेपछी अधिकांश म्यानपावर व्यवसायी भने धरौटी बढ्ने त्रासले तनावमा छन् । मन्त्री परिषदको बैठकमा टेवल गर्न स्वीकृत भईसकेको उक्त प्रस्ताव उपर छिट्टै निर्णय हुनसक्ने बुझिएको छ । यदी मन्त्री परिषद बैठकले पनि यो प्रस्ताव पारित गरेमा नेपालमा म्यानपावर कम्पनी संचालन गरिरहेका र नयाँ म्यानपावर संचालन गर्ने व्यवसायीले अब व्यवसाय चलाउन २ करोड नगद र ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने छ । बैठकमा टेवल भएको वैदेशिक रोजगार ऐन २०६४ संशोधन अन्तर्गत धरौटीको बिषय सबैभन्दा महत्वपूर्ण बिषय मानिएको छ । 

धरौटीको विषयलाई लिएर अधिकांश म्यानपावर व्यवसायीहरु आक्रोशित बनिरहेको अवस्थामा श्रम मन्त्री गोकर्ण विष्टले धरौटी बढाउने बिषयमा पछाडी नहट्ने धारणा राख्दै आएका छन् । म्यानपावर व्यवसायीले इजाजतपत्रका लागि अहिले ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी मात्र देखाउनुपर्ने व्यवस्था छ, यो व्यवस्थालाई टेकेर नेपालमा १४ सय भन्दा बढी म्यानपावर खुलेका छन् ।  

मन्त्री गोर्कण विष्टले म्यानपावर व्यवसाय शुद्धीकरण गर्ने योजना सहित धरौटी बढाउने योजना अघि सारेका हुन् । म्यानपावर कम्पनी धेरै भएकाले अनुगमनदेखि नियमनमा समेत समस्या परेको निष्कर्ष सहित मन्त्रालयले मर्जरमा धकेल्न तथा र अनुगमनकै लागि पनि सहज बनाउन म्यानपावरलाई धरौटीमा कस्ने योजना बनाएको बुझिएको छ । पछिल्लो समय १४ सय भन्दा बढी म्यानपावर खुलेपछि म्यानपावर-म्यानपावरबीच अस्वस्थ प्रतिस्पर्धा रहेको, धरौटी कम भएकै कारण एकै कम्पनीमा काम गर्ने कामदार वा अर्को पार्टनरले समेत म्यान्पावर खोलेर ठगि बढाएको जस्ता आरोप म्यानपावरहरुलाई लाग्दै आएको छ । यता साना म्यानपावर व्यवसायीले भने ठूला व्यवसायीसँग मिलिमतो गरेर मन्त्री विष्टले धरौटी बढाउन लागेको आरोप लगाउँदै आएका छन् । 

६ करोड म्यानपावर धरौटी: व्यवसायी नै तीनतिर 

म्यानपावरको धरौटी वृद्धिको बिषयलाई लिएर बैदेशिक रोजगार व्यावसायको भविष्य कता जाला भन्नेमा प्रश्न चिन्ह खडा भएको अवस्थामा धरौटी वृद्धिमा म्यानपावर व्यवसायीहरुले आ-आफ्नै पक्ष समातेका छन् । धरौटी वृद्धि ठूला म्यानपावर व्यवसायीलाई अवसर बनेको र सानालाई चुनौती बनेको कारण यसमा व्यवसायीहरुबीचमै छुट्टा-छुट्टै वर्गसंघर्ष सुरु भएको छ । 

पछिल्लो स्थिति हेर्दा झन्डै बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका १४१७ म्यानपावर कम्पनीमा १९७ म्यानपावर खारेजीको अवस्थामा छन् | यसरी हेर्दा १२२० म्यानपावर कम्पनीहरु अहिले संचालनमा छन् | चालु म्यानपावरहरुको अवस्थालाई आंकलन गर्दा १२२० म्यानपावर मध्ये  झन्डै २५ देखि ३५ ठूला म्यानपावरले अहिले सरकारले ल्याएको २ करोड नगद र ४ करोडको बैंक ग्यारेन्टीको प्रस्तावलाई समेत स्वीकार गर्ने अवस्थामा रहेको बुझिएको छ । यस्ता म्यानपावरहरुको पहुँच उच्च राजनीतिक नेतासम्म रहेकाले उनीहरुकै सल्लाहमा सरकारले धरौटी बढाउन लागेको साना म्यानपावर व्यवसायीहरुको आरोप छ । त्यस्तै झन्डै ३ सय जति म्यानपावरले १ करोडको नगद धरौटीलाई स्वीकार गर्ने स्थितिमा रहेको आंकलन गरिएको छ । यस बाहेक ८५० भन्दा बढी म्यानपावर कम्पनी भने हालको ३० लाख भन्दा बढी धरौटी बढाउन नहुने पक्षमा छन् । यिनै व्यवसायीमा पछिल्लो घटनाक्रमले बढी निराशा उत्पन्न गराएको छ । 

झन्डै दुई-तिहाई म्यानपावर व्यवसायीहरु धरौटीको विपक्षमा रहेको कारण यस अघिको भेलाले धरौटी रकम बढाउन नदिने र सरकारले जबर्जस्ति बढाए आफ्नो इजाजत पत्रनै बुझाएर आन्दोलन गर्ने निर्णय गरेको थियो । तर एकाएक संघले नै मन्त्री विष्टलाई कुल २ करोडको धरौटिको प्रस्ताव गरेपछि म्यानपावर धरौटी मन्त्रीपरिषदले घटाएकै खण्डमा पनि २ करोड भन्दा माथि हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु