८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खर्च कम र काम दोब्बर गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

२२ भाद्र २०७५, शुक्रबार ०९:१५

भदौ २२, काठमाडौं | प्रधानमन्त्री केपी ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए।

निजामती सेवा दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न कर्मचारीहरुलाई सचेत गराए। मुलुकमा संख्यात्मक हिसाबले कर्मचारीहरुको अभाव नभएको उनले बताएका छन्। विषयगत कर्मचारीहरुको अभाव भएको भने स्विकार गर्दै उनले त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कर्मचारी संगठन खारेज नहुने पनि स्पष्ट पारेका छन्। आधिकारिक ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले त्यसलाई खारेज हुन नदिने उनको प्रस्टोक्ति थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा