2026-09-04 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई विभागको ११ बुंदे परिपत्र, चर्को शुल्क लिने म्यानपावर विभागको निगरानीमा

भदौ २२, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई सुधारको लागि ११ बुंदे परिपत्र गरेको छ।  विभागले एक सूचना जारी गर्दै बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र संस्थाहरुलाई परिपत्र गरेको हो ।

हाल विभागमा प्राप्त हुने उजुरीमध्ये अधिकाम्स उजुरीहरु एउटा काममा भनि अर्को काममा पठाउने, बढी तलब देखाई कम तलबमा पठाउने, सरकारले तोकेको शुल्क भपाई गराई अवान्छित रुपमा थप रकम लिने गरेपछि विभागले सबै व्यवसायीलाई परिपत्र गरेको हो ।

बैदेशिक रोजगारीको प्रक्रियामा म्यानपावरले कामदारका पासपोर्ट लगाएतका कागजात नियन्त्रणमा लिने, समयमा कामदार नपठाउने र कुनै कामदारले नजाने इच्छा गरेमा समेत सबै कागजात फिर्ता नदिई दु:ख दिने घटना बढ्दै गएकोले परिपत्र गरिएको विभागले जनाएको छ।  अबदेखि म्यानपावर कम्पनीले कामदारको पासपोर्ट कम्पनीमा संकलन भएपछि अनिवार्य रुपमा नाम, पासपोर्ट नम्बर र सो पासपोर्ट कति समयसम्म म्यानपावरमा रहन्छ भन्ने कुरा खुलाउनु पर्ने व्यवस्था गरिएको छ, साथै कामदारले पासपोर्ट भुझाईसकेपछि अनिवार्य रुपमा भरपाई दिने व्यवस्था गर्न विभागले निर्देशन दिएको छ । 

म्यानपावर कम्पनीका अवान्छित गतिविधिलाई अनुगमन गरि कानूनको दायरामा ल्याउन परिपत्र गरिएको विभागले जनाएको छ । विभागले बैदेशिक रोजगारीको लागि कामदारबाट चर्को शुल्क लिने म्यानपावर कम्पनीहरुको विशेष निगरानीमा राखिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ