२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा लाखौंको लुटपाट, ७ जना घाइते, खबर पाएर पनि प्रहरी गएन

२०७५, २३ भाद्र शनिबार ०४:५५

भदौ २३, महोत्तरी | महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा शुक्रबार मध्यरातको समयमा गोली प्रहार गरी  डाँकाहरुले लाखौंको धनमाल लुटेका छन् । समुहले भुजेलको घर घेरा हालेर २० मिनेटसम्म लुटपाट गरेका थिए ।

झन्डै एक दर्जनको शंख्यामा आएका लुटेराहरुले गोली प्रहार गरि लुटेका हुन् । लुटेराहरुले नगद र गरगहनासहित करिव ८ लाख बराबर लुटेको पीडितले बताएका छन् । लुटेराहरुले गोली प्रहार गरेपछि पिडित परिवार डराएका थिए । गोलीको छर्रा लागेर लुटिएका घरधनि ४५ वर्षीय अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित, १८ वर्षीय दिपेन्द्र र अर्का एक जना आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । उनीहरुको उपचार बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

भुजेलको घरमा लुटपाट भईरहँदा नजिकै रहेको सशस्त्र र नेपाल प्रहरीलाई समेत खबर गरिएको तर प्रहरी घटनास्थल नगएको आरोप लगाइएको छ । प्रहरीले हातहतियारनै नभएको भन्दै घटनास्थलमा जान नमानेको स्थानीयले बताएका हुन् । 

प्रहरीले लुटपाटबारे सोधपुछका लागि केहिलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनास्थलमा रातो कपडामा बेरिएको सुतली बम र तीन थान गोलीको खोका समेत फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला