२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा खच्चड मालिक बने अब गाडीका मालिक

२३ भाद्र २०७५, शनिबार १५:०८

भदौ २३, जाजरकोट | जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जीप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे ।

उनकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किने । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनले बताए । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेर ढुवानी व्यवसाय शुरु गरेका छन् । ‘खच्चडले सामान ढुवानी गर्ने सबै ठाउँमा सडक पुगिसकेपछि गाडी किनेका हौँ’, व्यवसायी रोका भने, ‘गाडी नै गुड्ने भएपछि खच्चडको काम भएन ।’ सडक पुग्नुअघि उनीहरूले खच्चडमा सामान लादेर डोल्पा पठाउने गर्थे । अहिले त्यो काम उनीहरूका सवारी साधनले गरिरहेका छन् । रु ३२ लाखमा १५ खच्चड बिक्री गरी त्यसमा थप लगानी गरेर जिप र ट्याक्टर खरिद गरिएको उनको भनाइ छ । खच्चडको ठाउँमा गाडी गुड्ने भएपछि खच्चड बिक्री गरेर गाडी खरिद गरिएको अन्य यातायात व्यवसायीहरू पनि बताउँछन्

जिल्लामा परम्परागत ढुवानीका साधन खच्चडको प्रयोग शून्य बन्दै गएको छ । एक दशकअघिसम्म जिल्लाका सबै ठाउँमा खच्चडमार्फत नै मालसामान ढुवानी हुन्थ्यो । उक्त नगरपालिकामा पालिएका खच्चडले अहिले डोल्पातिर सामान ढुवानी गर्ने गरेका छन् । डोल्पा सदरमुकामदेखि गाउँगाउँमा मालसामान ढुवानी गर्न अझै खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । अहिले जाजरकोट डोल्पा सडकखण्डको खदाङसम्म यातायातका साधन सञ्चालन हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य