पढ्न करिब 1 मिनेट लाग्छ

कमल रावल | भदौ २४, अछाम | मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउले शनिबार पनि सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै बिहान १० बजे देखि अन्य दिन जस्तै बेलुकी ५ बजेसम्म सेवा दिएको बताईएको छ ।

भदौ २३ गते शनिबार हिजो कार्यालय खोलेर १७ जना सेवाग्राहीलाई सेवा दिएको वडा अध्यक्ष झपट् बहादुर रावलले बताउनु भयो । यतिबेला सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ नागरिक, एकल महिला, बालबालिकाको पोषण भत्ताको परिचयपत्र नविकरण गर्नु पर्ने भएकाले सहज सरल पार्न आज आफुले १७ जनाको नविकरण गरेको रावलले बताउनु भयो ।

आगामि दिनमा पनी सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै नियमती सेवा दिनका लागि शनिबार समेत कार्यालय खुलाउन तत्पर रहेको रावलले जानकारी दिनु भयो ।