2026-06-17 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको महासचिवमा अर्याल निर्विरोध, अध्यक्षमा ढकाल र वाग्ले भिड्दै

भदौ २४,काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमितिको लागि निर्वाचन भैईरहेको छ । हालसम्म महासचिवमा तारानाथ अर्याल निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा किशोर कुमार केशी,सह कोषाध्यक्षमा मनसुन काजि क्षेत्रि निर्विरोध चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा सन्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैशी, प्रकाश बोहोरा, बाबुलाल मगर, कर्णराज कटुवाल, शिशिर विष्ट, देवकुमार खोखाली र शैलेश कार्की निर्विरोध चयन भएका छन् ।

अध्यक्ष पदका लागि हंशराज वाग्ले, नरेन्द्र ढकाल र सितादेवी देवकोटाको उम्मेदवारी परेको थियो तर पछि देवकोटाले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र वाग्ले विच प्रतिष्पर्धा भैरहेको छ । वरिष्ठ उपाध्यक्षको लागि भगिरथ राई र सुजित कुमार श्रेष्ठविच प्रतिष्पर्धा भएको छ । सचिव एक पदको लागि पुष्पराज न्यौपाने र जनक खड्काको उम्मेद्वारी परेको छ। कार्यसमितिमा नयाँ निर्वाचित हुने सबैको बिवरण बेलुकीसम्म आइसक्ने जनाइएको छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने फोरम कार्यसमितिमा १७ जनाको अधिवेशन मार्फत र ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विहीबार उद्घाटन भएको नवौं साधारणसभा उद्घाटन पछि बन्दसत्रले अध्यक्ष महासचिव तथा कोषाध्यषका प्रतिवेदन पारित भएपनि समय अभाव भन्दै आइतबारका लागि निर्वाचन मिति सारिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ