2026-09-13 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको अखडामा प्रहरीको गस्ती

भदौ २४, कालिकोट | कालिकोटस्थित माल्कोटको जंगल भित्रको खुला चौर नेकपाको केन्द्रीयस्तरका ठुला कार्यक्रम हुने मुख्य ठाउँ हो । त्यस ठाउँलाई विप्लव नेतृत्वको नेकपाले आफ्नो राजधानी पनि भन्ने गरेको छ । त्यही ठाउँमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्मासहितको टोलीले आइतवार मार्चपास गरेको छ ।

यसभन्दा अघि निर्वाचनको समयमा समेत त्यहाँ प्रहरीको कुनै पनि टोली जान सकेका थिएनन् । पहिलो पटक डीएसपी बिनोद शर्माको टोलीले त्यही चौरमा  मार्चपास गरी सदरमुकाम फर्किएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले आफूहरुले नहरिनाथ गाउँपालिकास्थित कुमालगाउँ इलाका प्रहरी कार्यालयकाो निरीक्षणका साथै प्रकाण्डको घरैमा पुगेर बहिनी र बुवालाई भेटेको बताए । उनले त्यस क्रममा सुरक्षा चुनौतीबारे पनि अध्ययन गरी फर्किएको बताए । ‘प्रकाण्डको गाँउ पुगेर वडाअध्यक्ष तुलराज बिकको घरमा बास बसियो । विप्लवको केन्द्रका रुपमा परिचित उक्त ठाउँमा मार्चपास पनि गरियो’, शर्माले भने ।

१२ जना प्रहरीसहित माल्कोट गएका डीएसपी शर्माले त्यहाँका ९९ प्रतिशत जनता विप्लवको पार्टीमा आवद्ध रहेको भेटिएको बताए । ‘गाउँ नै विप्लवमय रहेछ । नेकपाको केन्द्रीय महाधिवेशन नै माल्कोटमा भएको बुझियो’, उनले भने, ‘नेकपाले जंगलभित्रको त्यो चौरमा सानो घर र स्टेज पनि बनाएका रहेछन् । त्यहीँ ठुला ठुला कार्यक्रम हुने रहेछन् ।’ शर्माले अर्का्तिर ठूलै सहिद स्मृति भवन निर्माणको सुरुवात गरेको पाइएको पनि बताए । ‘अहिले त्यो भवनको जग हालेका छन् । एक दिन माल्कोटमा बसेर लालु हुँदै सदरमुकाम आएका छौँ’, शर्माले भने ।

नेकपाले पार्टी प्रवक्ता पक्राउविरुद्ध केन्द्रदेखि गाउँसम्म कार्यक्रम गरिरहेको छ । गाउँलेहरुलाई रातो झण्डा र रातै पोशाकमा उतारेर विप्लवले विरोध गरिरहहेको हो । नेकपा कालिकोटले केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाव्यापी संगठन सदृढ तथा बिस्तार अभियान चलाएको छ । नेकपाका जिल्ला सेक्रेटरी मनीला ऐडी ‘रणदीप’ले पार्टीको संगठन विस्तार अभियान तीब्र गतिमा भइरहेको बताए । उनले भने, ‘गाँउ गाँउमा संगठन निर्माणको काम भइरहेको छ ।’ गाँउमा विप्लवको संगठन बढ्नुका साथै ‘द्वन्द्वकालमा देखिएको रातो पोशाक’ लगाएका मान्छे भेला हुँदा स्थानीय नागरिक त्रसित भएका छन् । फेरि पनि हिंसात्मक आन्दोलनको चपेटामा पर्ने डरले गाउँमा त्रासको वातावरण सिर्जना भएको छ । जिल्लाका कतिपय स्थानिय तहका प्रमुखहरुले समेत नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउको सामाजिक विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले