२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा वाग्ले र महासचिवमा अर्याल विजयी

२४ भाद्र २०७५, आईतवार १५:५१

 भदौ २४,काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमिति चयन भएको छ। फोरमको नवौं अधिवेशनले अध्यक्षमा हंशराज वाग्लेलाई निर्वाचित गरेको छ ।  उनी नरेन्द्र ढकाललाई पराजित गरि अध्यक्षमा चयन भएका हुन् । 


अध्यक्ष पदका लागि हंशराज वाग्ले, नरेन्द्र ढकाल र सितादेवी देवकोटाको उम्मेदवारी परेको थियो तर पछि देवकोटाले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र वाग्ले विच प्रतिष्पर्धा भएको हो ।

फोरमको  महासचिवमा तारानाथ अर्याल निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा किशोर कुमार केशी,सह कोषाध्यक्षमा मनसुन काजि क्षेत्रि निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ चयन भएका छन् उनले भगिरथ राईलाई पराजित गरेका हुन् । सचिव एक पदको लागि पुष्पराज न्यौपाने विजयी भएका छन् उनले  जनक खड्कालाई पराजित गरेका हुन् । कोषाध्यक्षमा कमल काफ्ले विजयी भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा सन्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैशी, प्रकाश बोहोरा, बाबुलाल मगर, कर्णराज कटुवाल, शिशिर विष्ट, देवकुमार खोखाली र शैलेश कार्की निर्विरोध चयन भएका छन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २१ सदस्यीय रहने फोरम कार्यसमितिमा १७ जनाको अधिवेशन मार्फत र ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

विहीबार उद्घाटन भएको नवौं साधारणसभा उद्घाटन पछि बन्दसत्रले अध्यक्ष महासचिव तथा कोषाध्यषका प्रतिवेदन पारित भएपनि समय अभाव भन्दै आइतबारका लागि निर्वाचन मिति सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान