२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६ हजार दिएर १० लाखको तमसुक बनाइदिएपछि…

२५ भाद्र २०७५, सोमबार ०५:५३

प्रेम सुनार । भदौ २५, बुटवल । राणा कालिन र पञ्चायत कालिन फटाहहरुले  गरिव र सोझा साझी माथी गर्ने कर्तुत अझै पनि समाजमा यदाकदा यथावत रहेको समाचार प्राप्त भएको छ ।  हामीलाई प्राप्त कागजात र सुचना अनुसार  प्युठानका एक ब्यक्तिले गुल्मीका एक अनपढ बृद्धलाई जम्मा ६ हजार रुपैयाँ दिएर १० लाखको तमसुक बनाई उनको घर जग्गाको बन्दकी पास गरेका छन ।

प्युठानको साविक वादीकोट गाविस  वडा नम्वर ७ का रेकमबहादुर खत्री क्षेत्रीले गुल्मीको मदानेगाउँपालिका वडा नम्वर ६ , घिउपानीका ७८ बर्षिय बृद्ध ज्ञानबहादुर घर्ति क्षेत्रीलाई भदौ ५ गते जिल्ला मालपोत कार्यालय गुल्मीमा यस्तो जालसादी गरेका हुन ।


रेकमबहादुरले यस्तो जालसादी गर्दै छन भन्ने थाह पाउन साथ ज्ञानबहादुरकी बुहारी गिता घर्तिले  जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत  उक्त कार्य रोक्न खोज्दा पनि निजले  बेदामी कागज गराई जग्गा पास गराउन सफल भएका थिए ।

रेकमबहादुरलाई उक्त  जालसादी गर्न सघाउने मुख्य ब्यक्तिहरु  गुल्मी कै पुर्कोटदहका चिन्तबहादुर कुँवर र ताकमान  थापा रहेका छन ।  बृद्धकी श्रीमतिको मृत्यु भएकोले उनि छोराहरु संग छुट्टिएर एक्लै बस्दै आएका थिए । दुई छोराहरु मध्ये जान्ने बुझ्ने एक छोरा बिदेश थिए ।

यस्तो अवस्थाको सोझा बृद्धहरुलाई आफन्त पर्ने चिन्ताबहादुर र ताकमानले तिमीलाई रेकमबहादुरले जिवनभर पाल्ने , स्यार सुसार र विरामी परे उपचार गरी दिने लगायतको प्रलोभन देखाउँदै छोराहरुलाई अंशविहिन गराउने प्रपञ्ज रचेका थिए ।

उनिहरु तमसुकमा साँछी मात्रै बसेनन, घर्तिलाई तम्घास ल्याउन र जग्गा पास गराउने कार्यमा समेत सक्रिय भएका थिए । उनिहरु दुई जना संग सम्पर्क राख्दा आफुहरुले उनिहरुको लेनदेन भएको आफुहरुलाई थाह नभएको , भनाईको आधारमा मात्र हस्ताक्षर गरेको बताए ।

बृद्धलाई फकाई फुलाई अपहरणको शैलीमा चोरबाटो प्रयोग गरी तम्घास ल्याई होटलमा राखेर मासु रक्सी खुवाउँदै थप प्रफुल्लीत पारेर १० लाख रुपैयाँको तमसुकमा औठा छाप लगाउन लगाई १० बर्ष भित्र उक्त रकम बुझाउन नसके जग्गा पचक हुने गरी र. नं.२०४ को दृष्टि पास गराईएको थियो ।

१० लाख तपाईले बुझेकै हो भनेर मालपोत अधृकृतले सोध्धा हो भन्नु शब्द बोल्न लगाई मालपोत अधिकृत खुपबहादुर केसीलाई हस्ताक्षर गर्न लगाईएको थियो । मालपोत अधिकृत केसी भन्छन–‘ मैले सोध्धा ति बृद्धले उक्त रकम ऋण लिएको हो भन्दा , हो भने पछि हस्ताक्षर गरेको हुँ । ’

यस सम्वन्ध उनै रेकमबहादुर खत्री संग सम्पर्क राख्दा उनले घर्तिलाई २०६९ सालमा  ४ लाख दिएको, २०७३ सालमा ३ लाख दिएको र २०७४ सालमा १ लाख ५० हजार दिएको र १ लाख ५० हजार ब्याज जोड्दा १० लाख लिनु पर्ने तमसुक गरिएको बताए ।

कुनै नगद आय श्रोत नभएको, छोराहरु संग सोधपुछ नगरी किन कुन प्रयोजनका लागि ऋण दिनु भयो त ? भन्ने प्रश्नमा उनले भने नाता गोता मार्फत दिएको हुँ  । पहिलो चोटी ४ लाख दिएको बताउने खत्रीले त्यो रकम अशुल हुन नसक्दै फेरी ३ लाख र डेढ लाख दिएँ भन्नु आफैमा षडयन्त्र देखिन्छ ।

उनी आफैले गुल्मी तर्फ  थप २० लाख जति अरु विभिन्न ब्यक्तिलाई पनि ऋण दिएको बताएका छन । बढि मात्रमा बिदेश जानेहरुलाई पनि ऋण दिने गरेको छु’–उनले भने–‘ ऋण दिने कारोवार गर्ने गरेको छु । र्घिर्तको ६० रोपनी मध्ये १० रोपनी मात्रै मैले लिएको हुँ । ’  

ति बृद्धले आफुलाई यस अघि खत्रीले कुनै पैसा नदिएको , तम्घास आएर ६ हजार रुपैयाँ दिएको र बाँकी रकम आबश्यकता अनुसार बेला बेलामा आफुलाई दिने गरी फकाए पछि आफुले हस्ताक्षर गर्न मानेको बताए । उनले उक्त जग्गा पास गर्ने कुरामा आफुलाई थाह नभएको बताएका छन ।

उनले बन्दकी लिएको जग्गा सालझण्डी ढोरपाटन सडक छेउँको महंङ्गो मुल्य पर्ने स्थानमा छ । अरु बाँकी जग्गा खर ख¥यान मात्रै रहेको उनका जेठा छोरा कृष्ण र कान्छा पदम घर्तिले बताए । हामीहरु अब सुकुम्वासी बन्दै छौं, अरु जग्गा हाम्रो नाममा छैन । हाम्रो अंश बेचि दिए बाबाुले, यस बाट बचाई दिनु प¥यो , उनिहरु दुबै भाईले भनेका छन ।            

गम्भीर ध्यानाकृष्ट भएको छ ः विप्लव माओवादी

रातौरात ति बृद्धलाई जिल्ला मालपोतमा लगेर उक्त जग्गा पास गराएको थाह पाउन साथ विदेशमा रहेका उनका छोरा . विदेशबाट घर अए । उनले विप्लव नेतृत्वको नेकपा माओवादीका स्थानिय नेता वसन्त गैरे संग सम्पर्क राखे । त्यतिले पनि नपुगेर सो पार्टीका जिल्ला पार्टी  सेक्रेटरी खिम खड्कालाई भेट्न तम्घास आए ।

सेक्रटरी खड्का संगको भेट र  आफु विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको थाह पाउन साथ राष्ट्रिय जनमोर्चाका  केहि स्थानिय नेताहरुलाई लिएर रेकमबहादुर सदरमुकाम खलाङ्गका तर्फ बचाउका लागि हिडेको खबर पनि आयो ।  त्यस लगत्तै विप्लव माओवादीको टोलीले स्थानिय स्तरमा  खोज तलास गर्ने क्रममा खत्री अर्ध भुमिगत बनेका छन ।

खड्काका अनुसार तमसुकमा साँछी बस्ने  तकमान थापा र चिन्तामणी कुँवर नियमित सो पार्टीको सम्पर्कमा आएको र आफुहरुबाट गल्ती भएको  तर  अब आईन्दा गल्ती नगर्ने , उक्त जग्गा फिर्ता गराउनमा सहयोग गर्ने बताएका छन ।

बृद्धमा पनि लालच देखियोः सिडियो

यस सम्वन्धमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल संग सम्पर्क राख्दा उनले जग्गा अर्कोलाई दिनुमा ति बृद्धमा पनि लालच देखिएको प्रतिकृया दिए । आफुले पैसा पाउने कुरामा ति बृद्ध प्रलोभित भएको देखिन्छ उनले भने –‘ ति मतियार दुई जनालाई बोलाएर निगरानीमा बस्न लगाईएको छ , खास दोषि खत्रीलाई खोजी कार्य जारी छ । यस घटना प्रति प्रशासन गम्भीर छ । छिट्टै सवै जनालाई सम्पर्कमा ल्याएर छलफल गराईने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान