२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीलाई थाहा नै नदिई श्रीमानले सम्बन्ध विच्छेद गरेपछि…

२५ भाद्र २०७५, सोमबार ११:००

भदौ २५, स्याङ्जा | श्रीमान्-श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वाभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ। 

आफूलाई थाहा नै नदिई श्रीमान्‌ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन्। 'मलाई थाहा नै नदिई कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो,' उनले रुँदै भनिन्। भीरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएकी हुन्। उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए।

श्रीमान्‌ले कुटपिट गर्ने, खान लाउन नदिई राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएको उनको भनाइ छ। 'दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र असार ११ गते जिल्ला अदालतमा छोरीले अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको कुरा थाहा पाएँ,' उनले भनिन्।

२०४४ सालमा मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमान्‌ले ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको पीडितको भनाइ छ। 

कुटपिट गर्ने गरेपछि पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेको   भन्दै मीनाकुमारीले आफूले न्याय पाउनुपर्ने बताइन्।

उक्त अदालतका स्रेस्तेदार आचार्यले अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको बताए। 'अदालतबाट दोस्रो पटक एक दैनिकमा २०७३ पुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र २०७४ बैसाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य